सानिमा बैंकको सम्पूर्ण डिजिटल बैंकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप् वा वेब ब्राउजरमा चल्ने हुँदा मोबाइल फोन, ट्याब्लेट र ल्यापटप कम्प्यूटरबाट पनि चलाउन सकिन्छ ।नयाँ भर्जनको साथमा, सानिमा बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले ई–क्यास पठाउने र अन्य व्यक्तिहरुले पाउन सक्ने, ई–भौचरबाट जम्मा गर्ने, बैंकसंग मिटिङ्ग तय गर्ने, बचत खाता तथा ऋणको आवेदन दिने, डिजिटल बैंकिङ्ग सेवाहरु सम्बन्धी सोधपुछ आदि, सेवाहरुको लाभ उठाउन सक्नेछन् ।
यसकासाथै, खाताको विवरण हेर्ने, रकम स्थानान्तरण गर्ने, क्यूआर कोडबाट भुक्तानी गर्ने, मुद्दती खाता खोल्ने र अनलाइन भुक्तानी गर्ने जस्ता हालका सेवाहरु पनि प्रयोगकर्ताहरुले प्रयोग गर्न सक्नेछन् । त्यसै गरी बैंक खाता नभएका प्रयोगकर्ताहरुले ई–क्यासबाट पठाएको रकम झिक्न र डिजिटल बैंकिङ्ग सेवाहरु सम्बन्धी सोधपुछको सुबिधा पाउन सक्नेछन् ।
हालका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुको मोबाइल एप् स्वतः अद्यावधिक हुनेछ । स्वतः अद्यावधिक नभएको खण्डमा मयधलयिबम गरी अद्यावधिक गर्न सक्नेछन् । साथै, वेब ब्राउजरमा चलाउन https://sajiloebanking.sanimabank.com/ मा लगइन गर्नुपर्नेछ ।
बैंकको सातै प्रदेशमा हाल ८५ वटा शाखा, १४ विस्तारित काउन्टर र ८३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।