प्रभु लाइफको शेयर नेप्सेमा सूचीकृत, आइतबारदेखि कारोबारमा आउने

Jan 01, 2021 01:18 PM Merolagani



प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणमा जारी गरेको आइपीओ समेत गरी २ करोड कित्ता शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ। 

पुस १७ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र उक्त कम्पनीविच सूचीकरण सम्झौता भएको थियो। सोहि अनुसार नेप्सेले कम्पनीको शेयर सूचीकरण गरेको हो।

यसअनुसार सूचीकरण भएको दोस्रो दिन अर्थात आइतबारबाट कम्पनीको शेयर दोस्रो बजारमा खरिद बिक्री हुनेछ।

कम्पनीको शेयर दोस्रो बजारमा कारोबार गर्नको लागि पिएलआई ट्रेडिङ कोड पाएको छ भने पहिलो कारोबारको लागि १०९ रुपैयाँ ५६ पैसादेखि ३२८ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको छ।

यहि रेञ्जमा आधारित रहेर आइतबार इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।