सिंगटी हाइड्रो इनर्जीलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

Jan 06, 2021 01:15 PM Merolagani



सिंगटी हाइड्रो इनर्जीलाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई आईपीओ निष्काशन गर्न पुस २१ गते मंगलबार अनुमति दिएको हो ।

कम्पनीले स्थानिय र सर्वसाधरणको लागि हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ४३ करोड ५० लाख रुपैयाँ बराबरको ४३ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ । त्यस मध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि १४ लाख ५० हजार कित्ता र सर्वसाधारणका लागि २९ लाख कित्ता बिक्री गरिने कम्पनीले जनाएको छ ।

आईपीओ निष्काशनको लागि कम्पनीले भदौ २० गते बोर्डमा आवेदन दिएको थियो ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले सिंगटी हाइड्रो इनर्जीको आइपीओलाई औसतभन्दा कम अवस्था जनाउने ग्रेड ४ रेटिङ दिएको छ ।

सिंगटी हाइड्रोले दोलखाको सिंगटी खोलामा २५ मेगावट क्षमताको सिंगटी हाइड्रोपावर आयोजना निमार्ण गरिरहेको छ । निर्माणाधिन यस जलविद्युत आयोजनाको निमार्णको काम अन्तिम चरणको रहेको छ ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।