नेपाल सुनचाँदी व्यवसायी महासंघको अध्यक्षमा शाक्य

Jan 11, 2021 12:24 PM Merolagani



नेपाल सुनचाँदी व्यवसायी महासंघको शुक्रबारदेखि काठमाडौंमा शुरु भएको सातौं तथा आठौ वार्षिक साधारणसभा एवं तेस्रो महाअधिवेशन आइतबार सम्पन्न भएको छ। महाअधिवेशनबाट महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका छन्। महासंघका अध्यक्ष मोहन सुनारको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो।

साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन्। उपाध्यक्षहरुमा क्रमशः मोहन काजी शाक्य, दियेश रत्न शाक्य, र विपिन रामुदामु निर्वाचित भएका छन्। यस्तै, एशोसिएट् उपाध्यक्षमा पवन सोमानी, महासचिवमा धर्मशुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवद्वयमा किरणभाई बज्राचार्य र बाबुराम विश्वकर्म निर्वाचित भएका छन्। प्रवक्तामा मनोज कुमार शाह निर्वाचित भएका छन्। यस्तै सह कोषध्यक्षमा पद्मसुन्दर शाक्य निर्वाचित भएका छन्।

महासंघका विधानमा ५५ सदस्यिय कार्यसमिति रहने व्यवस्था भए अनुरुप यी सबै पदमा निर्विरोध भएको हो।

साधारण सभाले विधान संशोधन गरी केही नयाँ पद सिर्जना गरी त्यसमा विभिन्न व्यक्तिहरुलाई चयन गर्ने निर्णय पनि गरेको छ। जस अनुसार प्रस्तावित उपाध्यक्षहरुमा शिव सर्राफ, निर्मल विश्वकर्मा, दुर्गा बहादुर सुनार, महेन्द्र रत्न शाक्य, जोगलाल विश्वकर्मा र भरत अग्रवाल रहेका छन्। यस्तै प्रस्तावित सचिवमा केश बहादुर सुनार तथा प्रस्तावित सहकोषध्यक्षमा रमेश रसाइली रहेका छन् । नयाँ व्यवस्थ अनुरुप अब महासंघमा ७७ जनाको कार्यसमिति रहने छ।

महाअधिवेशनको पहिलो दिन शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रष्ठले उद्घाटन गरेका थिए।

संघीय संरचना अनरुप आफूलाई अगाडि बढाएको महासंघले यसअघि नै प्रदेशगत रुपमा नयाँ नेतृत्व चयन गरिसकेको छ। केन्द्रिय नेतृत्वमा प्रत्येक प्रदेशवाट दुई/दुई जनाका दरले १४ जना र बाँकी एक महिला सदस्य सहितका पदाधिकारी एवं सदस्यहरु केन्द्रिय तहबाट छनौट गर्ने व्यवस्था विधानमा छ।
महासंघ २०६९ साल फाल्गुण २० गते विधिवत रुपमा दर्ता भएको नेपाल भरिका सुनचाँदी व्यवसायीहरुको छाता संगठन हो। मुलुकको संघीय संरचना अनुरुप सातै वटा प्रदेशमा प्रदेश महासंघका अतिरिक्त देशभरका विभिन्न ६५ वटा जिल्ला/नगर संघको अलावा एशोसिएट सदस्यहरु तथा वस्तुगत संघहरु यस महासंघमा आवद्ध रहेका छन्। साधारण सभाका अवसरमा तीन जना सञ्चारकर्मीहरुलाई पनि सम्मान गरिएको थियो।




comments powered by Disqus

अझै पनि मर्जरको तयारीमा छन् यी बैंकहरु, तीन बैंकले पारित गरे मर्जरको एजेन्डा, अर्को एक बैंकको विशेष प्रस्ताव पनि मर्जर नै

Dec 31, 2024 10:59 AM

बाबुकृष्ण महर्जन
३२ वटाको संख्यामा रहेका वाणिज्य बैंकहरु २० वटामा झरिसकेका छन । गत वर्ष बिग मर्जरमा सहभागी नभएका वाणिज्य बैंकहरु अझै पनि सही पार्टनर भेटेमा बिग मर्जर गर्ने तयारीमा लागेका छन् । बिग मर्जर गरिसकेका बैंक पनि सही पार्टनर भेटिएमा मर्जर गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् ।