प्रभु लाइफ इन्स्योरेन्सको शेयरमा अत्याधिक खरिद चाप, बिक्रीकर्ता भने शून्य

Jan 11, 2021 12:57 PM Merolagani



प्रभु लाइफ इन्स्योरेन्स (PLI) को शेयर खरिदकर्ताको उच्च चाप देखिएको छ। कारोबार खुलेको ६ करोबार दिनसम्म पनि खरिदकर्ताको उच्च चाप देखिएको हो।

इन्स्योरेन्सको शेयर तल्लो रेञ्ज नजिकबाट कारोबार खुलेपछि खरिदकर्ताको चाप बढिरहेको छ। सोमबार यस समाचार तयार पार्दासम्ममा नेप्सेको मार्केट डेप्थमा कम्पनी १२ लाख ३६ हजार ४४ कित्ता शेयर खरिद अर्डर रहेको छ। बिक्रीकर्ता भने शून्य रहेको छ।

कम्पनीको शेयर कारोबार तल्लो रेञ्ज नजिकबाट खुलेपछि लगानीकर्ताहरू सस्ताेमा शेयर उठाउन खाेजेका छन्। तर बिक्रीकर्ताहरूले भने कम्पनीकाे शेयरमूल्य अझै बढ्न सक्ने भन्दै होल्ड गरिरहेका छन्। त्यस कारण बिक्रीकर्ता प्रायः शून्य देखिएको भने खरिदकर्ताको चाप उच्च देखिएको हो।

कम्पनीको पहिलो कारोबार पुस १९ गते आइतबार प्रति कित्ता शेयर १३७ रुपैयाँ किनबेच भएको थियो। यस बीच कम्पनी शेयरमूल्य ६०.१३ प्रतिशत बढेर २१७ रुपैयाँको हराहरीमा कारोबार भइरहेको छ।

कारोबार खुलेको ६ दिनमा ५८४ कित्ता शेयर किनबेच भएका छन्। यस्तै सोमबार मात्रै कम्पनीको ६३ कित्ता शेयर शेयर १३ हजार ५७० रुपैयाँमा कारोबार भएको छ।

इन्स्योरेन्सको पुस १७ गते नेप्सेमा २ करोड कित्ता साधारण शेयर सूचीकरण भएको थियो। पहिलो कारोबारको लागि इन्स्योरेन्सले १०९ रुपैयाँ ५६ पैसादेखि ३२८ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ्ग रेञ्ज पाएको थियो।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।