कुमारी बैंक र प्रभु हस्पिटल एण्ड रेसर्च सेन्टरबीच सम्झौता

Jan 12, 2021 01:56 PM Merolagani



कुमारी बैंक (KBL) र विरगंजस्थित प्रभु हस्पिटल एण्ड रेसर्च सेन्टरबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।

आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक प्रदेश–२ का प्रमुख सिद्धार्थ सिंह र प्रभु हस्पिटलका चिकित्सक अधिकृत अविषेक अर्यालले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता–पत्र अनुसार प्रभु अस्पतालका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा २०% र औषधीमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

हालसम्म कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १५२ एटिएम, २३ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टर संचालन गर्दै आएको छ।




रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट

Jan 02, 2026 09:04 AM

पुस १८ गते, शुक्रबार, रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो।