सुनको भाउ लगातार दोश्रो दिन बढ्याे, कतिमा हुँदैछ काराेबार?

Jan 13, 2021 11:30 AM Merolagani



सुनको भाउ लगातार दोश्रो दिन उकालो लागेको छ। पुस २९ गते, बुधबार सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भइहरेको छ। अघिल्लो दिन पनि सुन तोलामा ६०० रुपैयाँले वृद्धि भई प्रतितोला ९२ हजर ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसैगरी, चाँदीको मूल्य पनि बुधबार बढेको छ। यस दिन चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २६० रुपैयाँमा किनबेच भइरहेकाे छ। मंगलबार चाँदी प्रतितोला २० रुपैयाँले उकालो लागेर एक हजार २५० रुपैयाँ तोकिएको थियो।