ब्रिटिस कलेजका विद्यार्थीलाई बेलायतमा वर्किङ भिसाको अवसर

Jan 13, 2021 12:48 PM Merolagani



थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)का विद्यार्थीहरुले बेलायतमा पढ्न र काम गर्न पाउने भएका छन् । ब्रिटिस कलेजबाट स्नातक तह पास गर्ने नयाँ विद्यार्थीहरुलाई बेलायतको वर्किङ भिसाको अवसर आएको हो ।

कोरोना महामारीको कारण हाल अन्तर्राष्ट्रिय उडानहरु तथा ट्राभल प्रभावित भइरहेको बेला ब्रिटिस कलेजमा हाल स्नातक तहमा भर्ना भएका नयाँ विद्यार्थीहरुले यो सुविधा प्राप्त गर्ने भएका हुन् । विद्यार्थीहरुले नेपालमा एक देखि दुई वर्षसम्म अध्ययन गरेपछि बेलायत स्थानान्तरणको सुविधा प्राप्त गर्ने कलेजले बताएको छ ।

बेलायत सरकारले विश्वभरीका प्रतिभावान् विद्यार्थीहरुलाई भित्र्याउने योजना अन्तर्गत स्नातकतहको पढाई गरिरहेकाहरुको लागि विशेष योजना ल्याएको हो, जसअन्तर्गत नेपालबाट ब्रिटिस कलेजमा स्नातक तह अध्ययन गर्ने विद्यार्थीहरुले पनि सहजै बेलायत स्थानान्तरण गर्ने छन् । हाल ब्रिटिस कलेज बेलायतको प्रख्यात मध्येको दुई विश्वविद्यालयहरु ‘द युनिभर्सिटीअफ वेष्टइंग्ल्याण्ड (युडब्लुई) तथा लिड्स बेकेट युनिभर्सिटी (एलबीयु)को सम्बन्धनमा नेपालमा संचालन भइरहेको छ । युडब्लुई तथा एलबीयुबाट स्नातक तह पास गरेपछि ब्रिटिस कलेजले स्नातकोत्तर तहको लागि स्थानान्तरण गर्ने र यससँगै विद्यार्थीले दुई वर्षसम्मको लागि वर्किङ भिसाको अनुमति पनि प्राप्त गर्नेछन् । दुई वर्षसम्मको अवधिमा विद्यार्थीहरुले स्थायी काम पाएको खण्डमा उनीहरुले वर्किङ भिसाको अवधि पनि बढाउन सक्नेछन् । यदी वर्किङ भिसामा विद्यार्थीहरुले ५ वर्षसम्म काम गरेको खण्डमा स्थायी रुपमा बसोबास गर्ने अनुमति (आईएलआर) प्राप्त गर्नेछन् ।

कलेजले बीबीए (हन्स), बीएस्सी (हन्स) कम्प्युटिङ एण्डबी एस्सी (हन्स) तथा हस्पिटालिटी विजनेश म्यानेजमेन्ट (बीएचएम) अध्ययन गर्ने विद्यार्थीहरुले यो अवसर प्राप्त गर्ने कलेजको भनाई छ ।

 




'बालेनले प्रचण्डसँग सहकार्य गरेर अघि बढ्ने'

Mar 24, 2026 05:17 PM

राष्ट्रिय जनमोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कम्युनिष्ट पार्टीसँग सहकार्य गरेर अघि बढ्ने सम्भावना रहेकाे बताएकाे छ । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले उक्त बिषयकाे खुलासा गरेका हुन्।