कामना सेवा विकास बैंकको चौधौं वार्षिक साधारणसभा सम्पन्न, ४.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित

Jan 13, 2021 02:44 PM Merolagani



कामना सेवा विकास बैंकले (KSBBL) ४.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले पुस २९ गते बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न चौधौं वार्षिक साधारणसभा सो प्रस्ताव पारित गरेको हो ।

उक्त साधारणसभाले आ.व २०७६/०७७ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी २ अर्ब ५४ करोड एक लाख ९५ हजार ३५२ रुपैयाँको ४.४० प्रतिशतका दरले हुने रकम ११ करोड १७ लाख ६८ हजार ३७९ रुपैयाँ बोनस शेयर वितरण गर्ने तथा सोमा लाग्ने कर प्रयोजनका लागि ०.२३ प्रतिशत अर्थात ५८ लाख ८२ हजार ५४६ रुपैयाँ बराबरको लाभांश कर प्रयोजनार्थ समेत गरी वितरण गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । 

 

बैंकले आ.व. २०७७/०७८ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिएबमोजिम लेखापरीक्षक जि.पि. राजवाहक एण्ड कम्पनी चार्टड एकाउन्टेण्ट्सलाई पून नियुक्ति गरेको छ । उक्त सभामा बैंकका अध्यक्ष सुदिप आचार्यले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको आर्थिक वर्ष २०७६/०७७ को वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण र सोसँंग सम्बन्धित अनुसूचीहरु र देशको आर्थिक तथा बैकिङ्ग क्षेत्रको अवस्था तथा चालु आर्थिक वर्ष २०७७/०७८ को असोज मसान्तसम्मको कार्य सम्पादनको संक्षिप्त विवरण र भावी कार्ययोजना प्रस्तुत गरेका थिए ।

कम्पनी ऐन, २०६३, बैंकको नियमावली तथा प्रचलित कानून अनुसार बोलाइएको वार्षिक साधारण सभा कोभिड–१९ को प्रभावको कारण नेपाल सरकारद्वारा जारी स्वास्थ्य सम्बन्धी मापदण्डको पालना गर्दै भिडियो कन्फ्रेन्सको माध्यमबाट सञ्चालन गरिएको थियो । 

 

बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा १ विस्तारित शाखा साथै ६६ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

 




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।