पूर्वाधार विकास बैंकको सिइओमा रामकृष्ण खतिवडा नियुक्त

Jan 13, 2021 03:02 PM Merolagani



नेपाल पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रामकृष्ण खतिवडा नियुक्त भएका छन् । उनलाई हिजो मंगलबार बसेको संचालक समिति बैंठकले सिइओमा नियुक्त गरेको हो ।

कार्यकाल बाँकि रहदै सिईओ अनिल ज्ञवालीले बैंक छोडेपछि रिक्त सो पदमा उनलाई नियुक्त गरेको हो ।

उनले यस अघि विद्युत नियमन आयोगको सदस्य र लगानी बोर्डमा परामर्शदाताको रुपमा काम गरिसकेका छन् । त्यसअघि उनी एनआइबिएल एस क्यापिटलमा थिए ।

बैंकले माघ २ गते देखि सर्वसाधारणामा ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता शेयर निष्काशन गर्दैछ । आईपीओ निष्काशन पछि बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।