पूर्वाधार विकास बैंकको सिइओमा रामकृष्ण खतिवडा नियुक्त

Jan 13, 2021 03:02 PM Merolagani



नेपाल पूर्वाधार विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा रामकृष्ण खतिवडा नियुक्त भएका छन् । उनलाई हिजो मंगलबार बसेको संचालक समिति बैंठकले सिइओमा नियुक्त गरेको हो ।

कार्यकाल बाँकि रहदै सिईओ अनिल ज्ञवालीले बैंक छोडेपछि रिक्त सो पदमा उनलाई नियुक्त गरेको हो ।

उनले यस अघि विद्युत नियमन आयोगको सदस्य र लगानी बोर्डमा परामर्शदाताको रुपमा काम गरिसकेका छन् । त्यसअघि उनी एनआइबिएल एस क्यापिटलमा थिए ।

बैंकले माघ २ गते देखि सर्वसाधारणामा ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता शेयर निष्काशन गर्दैछ । आईपीओ निष्काशन पछि बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।