लाभांश प्रस्ताव पारित गर्न एनआरएन इन्फ्रास्टक्चरले डाक्यो साधारण सभा

Jan 15, 2021 08:25 AM Merolagani



एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (NRN) माघ २५ गते बिहान ११ बजे अकामा होटल, सुकेधारामा आठौँ वार्षिक साधारण सभा बोलाएको छ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हालको चुक्ता पूाजीको २.५८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै संस्थापक शेयरधनीका तर्फबाट ६ जना र सर्वसाधारणका तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावाहरु पनि सो सभाले पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले माघ १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ ११ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको लाभांश प्राप्त गर्न तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।