आइसिएफसि फाइनान्सको नगद लाभांश बैंक खातामा

Jan 17, 2021 09:23 AM Merolagani

आइसिएफसि फाइनान्स लिमिटेडले ४.५० प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ। फाइनान्सले गत पुस २९ गते सम्पन्न १७ औँ वार्षिक साधारण सभाले पारित ४.५० प्रतिशत नगद लाभांश शेयरधनीहरुको खातामा जम्मा गरेको हो।

फाइनान्सले हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको खातामा सो लाभांश पुस २९ गतेदेखि नै जम्मा गर्न थालेको हो।

हालसम्म भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई शिघ्र शेयर अभौतिकिकरण गराई बैंक खाता नम्बर सहितको विवरण अध्यावधिक गराई लाभांश प्राप्त गर्न अनुरोध गरेको छ।

यसका साथै पुस १७ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्दा बैंक खाताको विवरण हुबहु नभई नगद लाभांश प्राप्त नगरेका शेयरधनीहरुको विवरण शेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटलको वेबसाइटमा राखिएको फाइनान्सले बताएको छ। ती शेयरधनीहरुले आ–आफ्नो निक्षेप सदस्यमा सम्पर्क गरी विवरण सच्याउन फाइनान्सले अनुरोध गरेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।