सामसुङ्गका उत्तराधिकारी योङलाई साढे दुई वर्षको जेल सजाय

Jan 18, 2021 01:59 PM Merolagani



सामसुङ्गका उत्तराधिकारी लि जे योङलाई दक्षिण कोरियाको उच्च अदालतले साढे दुई वर्षकाे जेल सजाय सुनाएको छ। सो मुद्दा कोरियाका पूर्व राष्ट्रपति पार्क ग्युन हेसँग सम्बन्धित भ्रष्टाचारको हो र उनलाई भ्रष्ट्रचारका लागि जेल चलान पनि गरिएको थियो।

लि सन् २०१४ देखि सामसुङ्ग इलेक्ट्रोनिक्सका प्रमुख रहेका छन्। उनका बुबा लि कुन हिलाई हृदयघात भएपश्चात कम्पनीको बागडोर उनले नै सम्हाल्दै आएका हुन्।

लि पहिलो पटक सन् २०१७ मा पार्कसँग सम्बन्धित भ्रष्टाचारको मुद्दामा पक्राउ परेका थिए। लिको फर्मले पूर्व राष्ट्रपति हेको निकटका व्यक्तिको गैरनाफामुखी संस्थाहरुमा चन्दा दिएर राजनीतिक लाभ लिएको पनि आरोप लगाइएको थियो। लिमाथि तीन करोड ६० लाख डलर चन्दा दिएको आरोप पनि रहेको थियो। तर पछि सजाय कम गरेर अपिल खारेज गरिएको थियो। यद्यपी पुनर्विचारको आदेश पनि भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

त्यसपश्चात, वर्षौँसम्म लिले कानुनी समस्याहरु झेल्दै आएका थिए। लि विरुद्धको ओरोपहरुमा भ्रष्टाचार, विदेशमा सम्पत्ति लुकाएको तथा सम्पत्तिको दुरुपयोग लगायतका अन्य आरोप रहेको थियो।

लिले सबै आरोपहरुलाई अस्विकार गरेपनि चन्दा सहयोग गरेको स्विकार गरेका थिए। उनले सो बापत सामसुङ्गले केहि पनि नचाहेको उल्लेख गरेका थिए। २०१७ को अगस्टमा उनलाई अदालतले दोषी ठहराएको थियो र पाँच वर्ष जेल चलान गरिएको थियो। २०१८ को फेब्रुअरीमा सो सजाय आधाआधी समाप्त भएको थियो र सियोल उच्च अदालतले जेल सजाय खारेज गर्ने निर्णय गर्यो। त्यसपछि लि स्वतन्त्र भएका थिए तर, सर्वोच्च अदालतले उक्त मुद्दालाई सियोल उच्च अदालतमा फिर्ता पठाएर सोमबार दुई वर्ष ६ महिनाको जेल सजाय सुनाएको हो। एजेन्सी




सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट

Feb 17, 2026 10:01 AM

फागुन ५ गते, मंगलबार, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा आज बिहान ९ बजे आइपीओ बाँडफाँट गरिएको हो।