१७ अंक बढेर नेप्से नयाँ उचाइमा, १७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

Jan 18, 2021 03:30 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १७.३१ अंक अर्थात ०.७५ प्रतिशत बढेर २३३२.३२ विन्दुमा पुगेको छ। यो नेप्सेको हालसम्मकै उच्च विन्दु हो।

यस दिन २०७ कम्पनीको ५१ हजार ८१३ पटकको कारोबारमा ६ अर्ब ३१ करोड ४६ लाख ६४ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख ९६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

सोमबार १७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिभिल लघुवित्त, विशाल बजार कम्पनी, गोर्खाज फाइनान्स, स्वाभिमान लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, समिट लघुवित्त, गुराँस लघुवित्त, आरम्भ चौतारी लघुवित्त, सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक लगायतका कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

त्यसैगरी, यस दिन समृद्धि फाइनान्सको शेयरमूल्य सर्वाधिक ४.१४ प्रतिशत घटेको छ।

प्रभु बैंकको सर्वाधिक कारोबार

यस दिन प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ। यस दिन सो बैंकको ३३ करोड ४६ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल दूरसञ्चार कम्पनी र एनआईसी एशियाको २० करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।




७ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Dec 29, 2025 07:26 AM

पुस १४ गते, सोमबार, ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन नबिल बैंक, बुटवल पावर कम्पनी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, सपोर्ट लघुवित्त वित्तीय संस्था, मिथिला लघुवित्त वित्तीय संस्था, छिमेक लघुवित्त वित्तीय संस्था र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।