१७ अंक बढेर नेप्से नयाँ उचाइमा, १७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

Jan 18, 2021 03:30 PM Merolagani



साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १७.३१ अंक अर्थात ०.७५ प्रतिशत बढेर २३३२.३२ विन्दुमा पुगेको छ। यो नेप्सेको हालसम्मकै उच्च विन्दु हो।

यस दिन २०७ कम्पनीको ५१ हजार ८१३ पटकको कारोबारमा ६ अर्ब ३१ करोड ४६ लाख ६४ हजार रुपैयाँ बराबरको १ करोड ५४ लाख ९६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

१७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

सोमबार १७ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिभिल लघुवित्त, विशाल बजार कम्पनी, गोर्खाज फाइनान्स, स्वाभिमान लघुवित्त, नारायणी डेभलपमेन्ट बैंक, समिट लघुवित्त, गुराँस लघुवित्त, आरम्भ चौतारी लघुवित्त, सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक लगायतका कम्पनीहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

त्यसैगरी, यस दिन समृद्धि फाइनान्सको शेयरमूल्य सर्वाधिक ४.१४ प्रतिशत घटेको छ।

प्रभु बैंकको सर्वाधिक कारोबार

यस दिन प्रभु बैंकको सर्वाधिक कारोबार भएको छ। यस दिन सो बैंकको ३३ करोड ४६ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल दूरसञ्चार कम्पनी र एनआईसी एशियाको २० करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।