पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य बढ्यो

Jan 19, 2021 05:05 AM Merolagani



नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य बढाएको छ । निगमले प्रतिलिटर २ रुपैयाँको दरले मुल्य बढाएको हो ।

 

सोमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटर ११० रुपैयाँ तथा डिजेल र मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ कायम भएको छ ।

एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत नै राखेको छ ।

प्रति १५ दिनमा इन्धनबाट साढे ६७ करोड रुपैयाँ घाटा हुने देखिएपछि इन्धनको मूल्य समायोजन गरेको निगमले जनाएको छ ।

अहिले कायम हुने नयाँ बिक्री मूल्यअनुसार निगमलाई अझै पनि प्रति १५ दिनमा ४९ करोड ८८ लाख रुपैयाँ घाटा हुने र सो घाटा रकम मूल्य स्थिरिकरण कोष तथा निगमको संचित नाफाबाट व्यवस्थापन गरि व्यवस्थापन गरिने निगमले जनाएको छ ।




सुन र चाँदीको मूल्य घट्ने क्रम जारी

Oct 28, 2025 11:08 AM

कात्तिक ११ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदीको मूल्यले घट्ने क्रमलाई निरन्तरता दिएको छ। यस दिन सुन प्रतितोला २ हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी तोलामा ६० रुपैयाँ घटेको छ।