नेप्से पुनः नयाँ उचाईमा, १३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

Jan 20, 2021 03:33 PM Merolagani



मंगलबारको सामान्य करेक्सन पछि बुधबार नेप्से पुनः नयाँ उचाइमा पुगेको छ। अर्थात मंगलबार घटेको नेप्से परिसूचक बुधबार बढेर नयाँ अलटाइम हाइ विन्दुमा पुगेको छ।

बुधबार कारोबारको शुरुवातमा तिव्र गतिमा ओरालो लागेको नेप्से, १५ मिनेटमा नै २३२३.३० विन्दुसम्म झरेको थियो। तर, त्यसपछि बजारका खरिद चाप बढ्न थालेपछि बजार सकारात्मक दिशातर्फ अघि बढेको हो। यस दिन नेप्से १५.८७ अंक बढेर २३४३.७६ विन्दुमा पुगेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स यस दिन ०.१८ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२७ अंक बढेको छ।

नेप्से सूचक बढेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। यस दिन २११ कम्पनीको ५३ हजार ३३४ पटकको कारोबारमा ६ अर्ब २१ करोड ९ लाख ६६ हजार रुपैयाँ बराबरको १ करोड ५९ लाख ८१ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। अघिल्लो दिन करिब साढे ७ अर्बको शेयर खरिदबिक्री भएको थियो।

१३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

नेप्से उकालो लागेसँगै यस दिन १३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन वेष्ट फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकाशी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, प्रभु लाइफ इन्स्योरेन्स, नेपाल हाइड्रो डेभलोपर्स, कर्णाली डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, रिलायन्स फाइनान्स, सेन्ट्रल फाइनान्स र सिन्धु विकास बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन विशाल बजार कम्पनी, कामना सेवा विकास बैंक, सिभिल लघुवित्त लगायतका कम्पनीहरुको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ।

नेपाल लाइफको सर्वाधिक कारोबार

कारोबार रकमका आधारमा यस दिन नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो इन्स्योरेन्सको यस दिन ६१ करोड ४० लाख ८९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन प्रभु बैंक, नेपाल पुनर्बीमा कम्पनी र शिखर इन्स्योरेन्सको २५ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

सर्वाधिक बढ्ने फाइनान्स उपसमूह

यस दिन कारोबारमा आएका १२ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक उकालो लागेको छ भने ५ उपसमूहको परिसूचक ओरालो लागेको छ। बुधबार फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक ४.२६ प्रतिशत र हाइड्रोपावरको ३.०५ प्रतिशत बढेको छ। उत्पादनमूलक र होटल उपसमूहको परिसूचक भने यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।