सानिमा लार्ज इक्वीटीमा १.०७ गुणा बढी आवेदन

Jan 26, 2021 05:17 PM Merolagani



सानिमा क्यापिटलले बिक्रीमा ल्याएको सानिमा लार्ज इक्वीटि फण्डको १.०७ गुणा बढी इकाई खरिदको लागि आवेदन परेको छ। 

क्यापिटलका अनुसार अन्तिम दिन अर्थात मंगलबार साँझसम्ममा ६३ हजार २९१ जना आवेदकबाट ९१ करोड ३७ लाख १० हजार २०० रुपैयाँ बराबरको ९ करोड १३ लाख ७१ हजार २० कित्ता इकाई खरिदको लागि आवेदन परेको हो।

क्यापिटलले माघ ९ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक सानिमा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था थियो।

सात वर्ष अवधिको उक्त फण्डले आगामी वर्षदेखि ५ वर्षमा इकाइधनीलाई ७० प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको छ। फण्डका इकाइधनीलाई दोस्रो वर्ष १० प्रतिशत तेस्रो वर्ष १२ प्रतिशत, चौथो वर्ष १४ प्रतिशत, पाँचौ वर्ष १६ प्रतिशत र छैठौं वर्ष १८ प्रतिशत लाभांश वितरण गर्ने योजना क्यापिटलको रहेको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।