महिला लघुवित्तलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

Jan 27, 2021 06:50 PM Merolagani



महिला लघुवित्त वित्तीय संस्थालाई नेपाल धितोपत्र बोर्डले आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले लघुवित्तलाई आईपीओ निष्काशन गर्न गत बिहीबार अनुमति दिएको हो ।

लघुवित्त वित्तीय संस्थाले ४ लाख कित्ता अर्थात ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न बाेर्डबाट अनुमति पाएको हो ।

उक्त लघुवित्तले मंसिर ३ गते आईपीओ निष्काशन गर्नको लागि अनुमति माग्दै बोर्ड पुगेको थियो ।

उक्त उलघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट रहेको छ ।

लघुवित्तको हाल ६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । सार्वसाधारणलाई आईपीओ निष्काशन पछि लघुवित्तको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ ।




यसरी एकाएक दोस्तीबाट दुस्मनीमा परिणत भयो बालेन र अर्यालको सम्वन्ध

Oct 28, 2025 05:46 PM

भनिन्छ राजनीति जस्तो कठोर क्षेत्र अर्काे कुनै हुँदैन । स्वार्थ मिल्दासम्म अंकमाल गर्ने र स्वार्थमा धक्का लाग्ने वित्तिकै एक अर्काेलाई सिध्याउने गरि नै ढाल्ने, ढलाउने र मार्ने-मराउने सम्मका काम हुन्छ ।