चन्द्रागिरी हिल्सको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति?

Feb 05, 2021 01:12 PM Merolagani



चन्द्रागिरी हिल्सले सर्वसाधारणमा बिक्री गरेको समेत गरी डेढ कारोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। नेपाल स्टक एक्सचेञ्जले शुक्रबार कम्पनीको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता शेयर आइतबारदेखि कारोबारमा आउने गरी सूचीकृत गरेको हो।

नेप्सेले कम्पनीको शेयर कारोबारको लागि सिजिएच (CGH) कारोबार संकेत प्रदान गरेको छ भने पहिलो कारोबारको लागि ९६ रुपैयाँ ६९ पैसादेखि २९० रुपैयाँ ७ पैसाको कारोबार रेञ्ज प्रदान गरेको छ।

कम्पनीको शेयर सूचीकरणको दोस्रो दिन अर्थात आइतबारदेखि यहि रेञ्जमा आधारित रहेर पहिलो कारोबार खुल्नेछ।

शुक्रबार नेपाल स्टक एक्सचेञ्ज र कम्पनीबीच सूचीकरण सम्झौता भएको थियो। सोहि अनुसार नेप्सेले कम्पनीको शेयर सूचीकरण गरेको हो।




अन्तर्राष्ट्रिय बजारमा सुन-चाँदीको मूल्यमा ऐतिहासिक 'क्र्यास': आइतबार नेपालको बजारमा के होला ?

Jan 31, 2026 11:51 AM

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा शुक्रवार सुन र चाँदीको मूल्यमा दशकौँयताकै सबैभन्दा ठुलो र ऐतिहासिक गिरावट आएको छ। शुक्रवारको अन्तिम कारोबारमा चाँदीको फ्युचर्स मूल्य ३१.४ प्रतिशतले घटेर प्रति औँस ७८.५३ डलरमा झरेको छ।