चन्द्रागिरी हिल्सको शेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति?

Feb 05, 2021 01:12 PM Merolagani



चन्द्रागिरी हिल्सले सर्वसाधारणमा बिक्री गरेको समेत गरी डेढ कारोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। नेपाल स्टक एक्सचेञ्जले शुक्रबार कम्पनीको १ करोड ५३ लाख ४० हजार ९१० कित्ता शेयर आइतबारदेखि कारोबारमा आउने गरी सूचीकृत गरेको हो।

नेप्सेले कम्पनीको शेयर कारोबारको लागि सिजिएच (CGH) कारोबार संकेत प्रदान गरेको छ भने पहिलो कारोबारको लागि ९६ रुपैयाँ ६९ पैसादेखि २९० रुपैयाँ ७ पैसाको कारोबार रेञ्ज प्रदान गरेको छ।

कम्पनीको शेयर सूचीकरणको दोस्रो दिन अर्थात आइतबारदेखि यहि रेञ्जमा आधारित रहेर पहिलो कारोबार खुल्नेछ।

शुक्रबार नेपाल स्टक एक्सचेञ्ज र कम्पनीबीच सूचीकरण सम्झौता भएको थियो। सोहि अनुसार नेप्सेले कम्पनीको शेयर सूचीकरण गरेको हो।




६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nov 27, 2025 07:17 AM

मंसिर ११ गते, बिहीबार, ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सर्वोत्तम सिमेन्ट, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, बरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।