सूचक र कारोबार दुबैले नयाँ रेकर्ड बनाएपछि नेप्सेले जारी गर्यो विज्ञप्ति,८० प्रतिशतभन्दा धेरै कारोबार अनलाइन मार्फत

Feb 07, 2021 05:46 PM Merolagani



नेप्से सूचक र कारोबार रकम दुबैले नयाँ रेकर्ड बनाएपछि नेपाल स्टक एक्सचेञ्जले विज्ञप्ति जारी गर्दै लगानीकर्तालाई शुभकामना दिएको छ।

नेपाल स्टक एक्सचेञ्जमा आइतबार १० अर्ब ४४ करोड १९ ललाख ५१ हजार ३०४ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो भने नेप्से सूचक ४८ अंक बढेर २५२४ विन्दुमा पुगेको छ।

आइतबारको कारोबारमा ५० हजार ९२३ जना लगानीकर्ता सहभागी रहेको नेप्सेले जनाएको छ। आजको कारोबारमा ८०.०६ प्रतिशत कारोबार अनलाइनमार्फत भएको समेत विज्ञप्तिमा उल्लेख छ।

हालसम्म ३ लाख २७ हजार लगानीकर्ताले युजरनेम र पासवर्ड लिएका छन्।

नेप्सेले कारोबार रकममा नयाँ किर्तिमानी काम भएपछि लगानीकर्ताको हक हितको संरक्षणकाे लागि नेप्से तत्पर रहेको भन्दै प्राविधिक,नीतिगत र संस्थागत पूर्वाधारहरुमा सुधार गरिएको जनाएको छ।




सोमबार देखि नयाँ सर्किट व्यवस्था लागू हुँदै: अब एकै दिन १५ प्रतिशतसम्म मूल्य घटबढ हुन पाउने

Apr 17, 2026 11:48 AM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ल्याएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आगामी सोमबार अर्थात् वैशाख ७ गतेदेखि कार्यान्वयनमा आउने भएको छ।