आम्दानीसँगै घट्यो बुटवल पावरको नाफा

Feb 10, 2021 10:21 AM Merolagani



बुटवल पावर कम्पनी लिमिटेड (BPCL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा उल्लेख्य घटेको छ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले १३ करोड ८३ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२ करोड ४ लाख रुपैयाँ अर्थात ८३.८८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ८५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको विद्युत बिक्री आम्दानीसँगै अन्य आम्दानी घटेका कारण कम्पनीको नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४० करोड ४७ लाख रुपैयाँबाट घटेर ३९ करोड ३ लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ७४ करोड १३ लाख रपैयाँ रहेको कम्पनीको अन्य आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर १ करोड ६३ लाख रुपैयाँमा झरेको छ। जसका कारण कम्पनीको नाफा घट्न पुगेको हो।

२ अर्ब ९५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ३ अर्ब ९२ करोड रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीको चुक्ता पूँजी २ अर्ब ६८ करोड रुपैयाँ हुँदा अन्य इक्विटीमा ४ अर्ब २९ करोड रुपैयाँ थियो।

नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि गिरावट आएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ६४ रुपैयाँ रहेको यस कम्पनीको वार्षि प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ९ रुपैयाँ ३७ पैसामा खुम्चिएको छ। त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ २३३ रुपैयाँ ९ पैसा रहेको छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।