नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन

Feb 14, 2021 08:28 AM Merolagani

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (NIB) ले माघ १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘८.५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड २०८४’ मा आवेदन दिने आज (फागुन २ गते) अन्तिम दिन हो।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित मूल्यका ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो। निष्काशन गरिएको कुल ऋणपत्रमध्ये २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिएको हो भने बाँकी १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री गरिएको हो।

सो ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

सो ऋणपत्रको अवधि ७ वर्षको रहेको छ। बैंकले वार्षिक ८.५ प्रतिशतका दरले हरेक आर्थिक वर्षको प्रथम अर्धवार्षिक र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गरिने बैंकले जनाएको छ।

ऋणपत्र निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले बैंकलाई इक्राएनपी आईआर सिङ्गल ए रेटिङ्ग प्रदान गरेको छ। सो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित मानिन्छ।

ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि आस्बा सेवामा सहभागित बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।