नारायणीको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

Feb 15, 2021 07:57 AM Merolagani



नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) ले माघ १३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने आज (फागुन ३ गते) अन्तिम दिन हो। बैंकले चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो।

बैंकले साविक १ कित्ता शेयर बराबर नयाँ एक कित्ता शेयरको अनुपातमा हकप्रद निष्काशन गरेको हो। यसअनुसार बैंकले एक सय रुपैयाँ अंकित दरले ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ बराबरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद जारी गरेको छ।

हकप्रद निष्काशनका लागि बैंकले पुस २९ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार पुस २८ गते मंगलबारसम्म कायम बैंकका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिने सक्नेछन्।

बैंकको हकप्रद शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। हकप्रदमा बिक्री प्रबन्धकको कार्यालय जमल, नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय तथा शाखा कार्यालयहरु, धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयर सफ्टवेयर मार्फत आवेदन दिन पाउनेछन्।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बैंकलाई ‘इक्राएनपीआईआर सिङ्गल सी’ रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम छ भन्ने बुझाउँछ।

बैंकले नेपाल धितोपत्र बोर्डबाट पुस २० गते हकप्रद बिक्रीको अनुमति पाएको थियो।

हाल ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको यस हकप्रद निष्काशनपछि १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।