लाभांश प्रस्ताव पारित गर्न सिभिल लघुवित्तले डाक्यो साधारण सभा

Feb 19, 2021 09:08 AM Merolagani



सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (CLBSL) ले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ।

लघुवित्तले चैत ५ गते बोगनभिल्ला, इभेन्ट्स, त्रिपुरेश्वर, काठमाडौँमा नवौँ वार्षिक साधारण सभा डाकेको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले सञ्चालक समितिबाट पारित भए अनुसार गत असार मसान्तसम्म कायम चुक्ता पूँजीको ३.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.१८४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसैगरी, सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गरेका सञ्चालकहरुको मनोनयन/नियुक्ति अनुमोदन गर्ने र सर्वसाधारण शेयरधनीको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले फागुन २० गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार फागुन १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको सभामा सहभागिता जनाउनुका साथै लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्नेछ।

गत असार मसान्तसम्ममा लघुवित्तको चुक्ता पूँजी २३ करोड ३९ लाख ३३ हजार ७०० रुपैयाँ थियो। ३.५ प्रतिशतले हुन आउने ८१ लाख ८७ हजार ६७९ रुपैयाँ ५० पैसा बराबरको बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी २४ करोड २१ लाख २१ हजार ३७९ रुपैयाँ ५० पैसा पुग्नेछ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।