नेप्सेसँगै घट्यो कारोबार रकम

Feb 25, 2021 03:32 PM Merolagani



साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक र कारोबार रकम दुबै घटेको छ।

अघिल्लो कारोबार दिन १३.०४ अंक बढेर २५९९.५६ विन्दुमा बन्द भएको नेप्से, यस दिन ४४.९४ अंक घटेर २५५४.१३ विन्दुमा बन्द भएको छ। नेप्सेसँगै यस दिन कारोबार रकममा पनि कमी आएको छ। अघिल्लो कारोबार दिन ६ अर्ब ७० करोड रुपैयाँको शेयर कारोबार भएको बजारमा यस दिन २०६ कम्पनीको ८३ हजार ४०७ पटकको कारोबारमा ६ अर्ब ९ करोड ८१ लाख ८८ हजार रुपैयाँ बराबरको १ करोड ५८ लाख ५६ हजार कित्ता शेयर खरिदबिक्री भएको थियो।

पछिल्लो समय दैनिक ८ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भइरहेको बजारमा हिजो प्राविधिक समस्याका कारण कारोबार रकम घटेको थियो। तर, यस दिन भने त्यस्तो कुनै समस्या नभएपनि कारोबार रकममा गिरावट आएको छ। लगानीकर्ताहरुले अपेक्षा गरे बमोजिम बजारले सकारात्मक दिशा लिन नसकेपछि कारोबार रकम केही घटेको एक विश्लेषक बताउँछन्।

यस दिन सेन्सेटिभ इण्डेक्स ८.५३ अंक घटेर ४६१.८१ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स ३.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.८९ अंक घटेको छ।

चन्द्रागिरीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार

यस दिन समग्र नेप्से ओरालो लागेपनि चन्द्रागिरी हिल्सको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन ३४ रुपैयाँ बढेर ३७७ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्य ८.२२ प्रतिशत बढेको छ।

कारोबारमा आएको सनराइज फस्ट म्युचुअल फण्डको इकाईमूल्य यस दिन सर्वाधिक ६.८४ प्रतिशत घटेको छ। त्यसैगरी, श्री इन्भेटष्मेन्ट एण्ड फाइनान्स र आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

सबै उपसमूहको परिसूचक घट्यो

यस दिन कारोबारमा आएको सबै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक २.१७ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन बैंकिङ्ग, व्यापार, विकास बैंक, हाइड्रोपावर, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

निफ्राको सर्वाधिक कारोबार

यस दिन कारोबार रकमका आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ९० करोड ३५ लाख ६७ हजार रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नबिल बैंक, नेशनल हाइड्रोपावर र नेपाल बैंकको २१ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।




आठ दिनपछि आयाे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

Jul 11, 2025 11:30 AM

नेपाली बजारमा सुन र चाँदीको मूल्य आठ दिनपछि आएकाे छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएपछि आज शुक्रबार सुनको मूल्य आएकाे हो । सुन चाँदी व्यवसायीहरुले गरेको आन्दोलन कारण गत असार १९ गते बिहीबारदेखि सुनको मूल्य आएको थिएन ।