सिंगटी हाइड्रो इनर्जीको आईपीओ बाँडफाँड, अधिकतम ५ सय कित्तासम्म पाए

Mar 01, 2021 07:05 PM Merolagani



सिंगटी हाइड्रो इनर्जी कम्पनी (SHEL) ले आयोजना प्रभावित स्थानीयको लागि निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । सोमबार कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालय आईपीओ बाँडफाँड भएको हो ।

कम्पनीले उद्योग प्रभावित क्षेत्र दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरुका लागि निष्काशन गरेको ४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता शेयर बाँडफाँड गरेको हो ।

कम्पनीको शेयरमा १० देखि ४९० कित्तासम्म माग सबै आवेदकले माग अनुसारनै पाएका छन् । ५ सय कित्तादेखि २ लाख कित्तासम्म माग गर्ने ५२३ आवेदक मध्येबाट गोलाप्रथाबाट २९९ जनालाई थप १० कित्तादरले शेयर वितरण गरिएको छ । यसअनुसार ५२३ जनाले अधिकतम ५ सय कित्ता सम्म शेयर पाएका छन् ।

कम्पनीले माघ ४ गते देखि फागुन ३ गते सम्म आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन तथा बिक्री खुला गरेको थियो ।

कम्पनीले उद्योग प्रभावित क्षेत्र दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरुका लागि एक सय रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो ।

कम्पनीले आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट पुस २१ गते अनुमति पाएको थियो।




चेकबाट हुने रकम भुक्तानीमा राष्ट्र बैंकले ल्यायो यस्ताे व्यवस्था

Feb 26, 2026 06:14 PM

नेपाल राष्ट्र बैंकले सरकारी चेकबाट रकम भुक्तानीमा नयाँ व्यवस्था ल्याएको छ। केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशिका, २०७६ (दोस्रो संशोधन २०८१)को परिच्छेद ५ को ५.१६.१ मा रहेको चेकबाट रकम भुक्तानीसम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न थप केही प्रावधान ल्याएको हो।