बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी कुल गार्हस्थ उत्पादन भन्दा धेरै, विकासशील मुलुकले डराउनु पर्दैन

Mar 03, 2021 07:51 AM Merolagani

रबिन पाैडेल

बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी देशको कुल गार्हस्थ उत्पादनको हाराहारीमा पुगेको छ। केन्द्रिय बैंकको तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाले कुल ३७ खर्ब ९३ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । गत आर्थिक वर्षको तथ्याङ्कलाई आधार मान्ने हो भने यो कुल गार्हस्थ उत्पादनभन्दा बढी हो।

चालु आर्थिक वर्षको अन्त्यसम्ममा नेपालको कुल गार्हस्थ उत्पादन ३७ खर्ब ६७ अर्ब रुपैयाँ हुने अनुमान केन्द्रय तथ्याँक विभागकाे रहेको छ। केन्द्रिय बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुले कुल ३३ खर्ब ६२ अर्ब रुपैयाँ र अन्य बैंक तथा वित्तीय संस्थाहरुले ४ खर्ब ३१ अर्ब गरी कुल ३७ खर्ब ९३ अर्ब कर्जा लगानी गरेका छन्। आगामी वर्ष पनि जिडिपि भन्दा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी अझै बढी हुन सक्ने अनुमान गरिएको छ।

कोरोनाको कारण आर्थिक वृद्धिदर कम भएको अवस्थामा बैंकहरुले कर्जा लगानी भने अाक्रमक रूपमा बढाएकाले जिडिपिभन्दा पनि कर्जा लगानी बढी भएको हो। जिडिपिभन्दा पनि बढी कर्जा लगानी हुँदा वित्तीय क्षेत्रको विकास उच्च रुपले हुँदै गएको देखिन्छ।

कर्जा लगानी बढ्दै जाँदा उक्त कर्जा उत्पादनमूलक क्षेत्रमा लगानी भएको भए त्यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने केन्द्रिय बैंकको भनाइ छ। "यसले वित्तीय विस्तार धेरै छिटो भइरहेको छ भन्ने देखिन्छ," केन्द्रिय बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक गुणाकर भट्टले भने, "जिडिपिको ग्रोथ पछिल्लो समय केहि सुस्त भएको छ। तर वित्तीय विस्तार भने व्यापक भएको छ। यो आर्थिक वर्षमा कर्जा उल्लेख्य गएको छ।"

पछिल्लो समय वित्तीय क्षेत्र अगाडि बढिरहेको छ र अहिलेको महामारीको बेलामा यो हुनु स्वभाविक नै रहेको उनी बताउँछन्। तर कर्जा लगानी भने उत्पादनमूलक क्षेत्रमा गइरहेको छ कि छैन भनेर हेर्नुपर्ने उनकाे भनाइ छ। कर्जा लगानी उत्पादनमूलक क्षेत्रमा गएको भए यसले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने भट्टले बताए। "रिसोर्सको उपयोग कता भइरहेको छ? उत्पादनको लागि भइरहेको छ कि छैन? यी कुरा महत्वपूर्ण हुन्छन्" उनले भने "उत्पादनमूलक क्षेत्रमा वित्तीय साधन गएको छ भने ठिक हो।"

गत आर्थिक वर्षमा ३७ खर्ब ६७ अर्बको जिडिपिको आँकलन गरिए पनि यो वर्षको जिडिपिको आँकलन आउन बाँकी नै छ।

पूर्व बैंकर एवम् अर्थशास्त्री अनलराज भट्टराई पनि नेपाल जस्तो विकासशील राष्ट्रमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी मुलुकको कुल गार्हस्थ उत्पादन भन्दा बढी भए पनि डराउनु नपर्ने बताउँछन्। कुल गार्हस्थ उत्पादनले सबै क्षेत्रलाई समेट्न नसकेको अवस्थामा कर्जा लगानी साेभन्दा बढी हुँदा आत्तिहाल्नु पर्ने अवस्था भने नरहेको उनको भनाई छ।

कुल गार्हस्थ उत्पादन,नेशनल डिस्पोजएबल इन्कम र कुल खर्च कति भयो भन्ने सबै हेर्नुपर्ने भट्टराई बताउँछन्। अहिले ग्रस नेशनल इन्कम ५० खर्बभन्दा माथि छ। त्यसमा पनि इन्फर्मल इकोनोमीको आँकडा जिडिपिकाे  करिब ३० प्रतिशत अथार्त १३ खर्बको हाराहारी छ। यी सबै कुरालाई समेट्दा करीव ७० खर्ब हाराहारी पुग्छ। त्यो हिसाबले हेर्दा सबै इकोनोमिक गतिविधि जिडिपिमा रिफ्लेक्ट भएको छैन। रेमिट्यान्स नै पनि त्यसमा आउँदैन। अन्य देशमा सबै कुृराको लेखांकन हुन्छ तर हाम्रोमा त्यो कुरा नभइसकेको हुनाले जिडिपिको आधारमा मात्रै मूल्याँकन गर्न नसकिने भट्टराई बताउछन्। "ग्रोस नेशनल इन्कम हाम्रो अलि धेरै नै छ त्यसले गर्दा त्यति डराउनुपर्ने अवस्था छैन," उनले भने, "हामी विकासशील राष्ट्र हो त्यसले गर्दा यो अझै बढ्दै जान्छ।"

बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी पनि ४३ खर्ब रुपैयाँभन्दा माथि पुगिसकेको अवस्था छ। केन्द्रिय बैंकको तथ्याङ्क अनुसार वाणिज्य बैंकहरुको निक्षेप ३८ खर्ब ९ अर्ब पुगेको छ भने वाणिज्य बैंक बाहेकका अन्य बैंक तथा वित्तीय संस्थाको निक्षेप ५ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।