एसबिआई बैंक र तिनाउ मिसन डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत

Mar 02, 2021 04:06 PM Merolagani



नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल एसबिआई  बैंक (SBI) र तिनाउ मिसन डेभलपमेन्ट बैंकको बोनस शेयर सूचीकृत भएको छ ।

मंगलबार एसबिआई बैंकको ५३ लाख ७३ हजार ७२३.३३ कित्ता र तिनाउ मिसन डेभलपमेन्ट बैंकको १० लाख ८७ हजार ८७६.३२ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई एसबिआई बैंकले ६ प्रतिशत बोनस वितरण गरेको थियो । यस्तै तिनाउ मिसन डेभलपमेन्ट बैंकले पनि शेयरधनीलाई ६ प्रतिशतनै बोनस शेयर वितरण गरेको थियो ।

उक्त बोनस शेयर नेप्सेका सूचीकृत भएको हो ।

शेयरधनीको डिम्याट खातामा आएपछि उक्त बोनस शेयर दोस्रो बजारमा कारोबार गर्न सकिने छ ।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।