मोलुङ्ग हाइड्रोपावरको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त

Mar 03, 2021 03:56 PM Merolagani



मोलुङ्ग हाइड्रोपावर कम्पनीको (MOLUNGA) आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड नियुक्त भएको छ ।

मोलुङ्ग हाइड्रोपावरले (आयोजना स्थल ओखलढुङ्गा) को सर्वसाधारणहरुको लागि निष्काशन गर्न लागेकाे १०० रुपैयाँ अकिंत दरको कुल ३५ लाख ३१ हजार कित्ता साधारण शेयर  निष्काशन गर्नको लागि सनराइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको हाे । निष्काशन गर्न लागिएकाे उक्त शेयरमध्ये आयोजना प्रभावित क्षेत्र ओखलढुङ्गाका वासिन्दाहरुलाई छुट्टयाईएको ८ लाख २ हजार ५०० कित्ता शेयर समेत पर्दछ ।

साधारण शेयर निष्काशन कार्यको लागि कम्पनीका प्रबन्ध संचालक अमृत कुमार महर्जन तथा सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

मोलुङ्ग हाइड्रोपावरकाे ७ मे.वा. क्षमताको मोलुङ्ग खोला जलविद्युत आयोजनाबाट मिति २०७४/१२/१२ गतेबाट ब्यापारिक विद्यृत उत्पादन सुरु गरी संचालनमा रहेको छ । मिति २०७७/१०/२५ गते सम्पन्न कम्पनीको ११ औं बार्षिक साधारणसभाबाट कम्पनीको अधिकृत पूंजी बृद्धि गरी १ अर्ब र जारी पूंजी बृद्धि गरी ८० करोड २५ लाख रूपैयाँ कायम गर्ने निर्णय गरिएकाे थियाे । उक्त निर्णय पश्चात शेयर संरचना अन्तर्गत जारी पूंजीमा ५६% अर्थात ४४ लाख ९४ हजार कित्ता संस्थापक शेयर र ४४% अर्थात ३५ लाख ३१ हजार कित्ता सर्वसाधारण शेयरको सार्वजनिक निष्काशनबाट पूंजी कायम गर्ने भएकाे छ ।

.

 




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।