विद्युतीय कारोबारको सीमा दोब्बरले बढ्यो, अब इन्टरनेट बैकिङबाट दैनिक २० लाखसम्म पठाउन सकिने

Mar 03, 2021 04:26 PM Merolagani



नेपाल राष्ट्र बैंकले विद्युतीय कारोबारको सीमा दोब्बरले बढाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन २०७७ मा संशोधन गर्दै दोब्बर सीमा निर्धारण गरेको हो ।

अब मोबाइल बैंकिङ मार्फत दैनिक २ लाख रुपैयाँसम्म कारोबार गर्न सकिनेछ । यसअघि यो सीमा प्रतिदिन १ लाख रुपैयाँ थियो ।

यसैगरी, केन्द्रीय बैंकले इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट) मार्फत र इन्टरनेट बैंकिङ (एकाउन्ट ट्रान्सफर)मार्फत २० लाख दैनिक कारोबार गर्न मिल्ने बनाएको जनाएको छ । यसअघि यी दुबै कारोबार सीमा पनि १० लाख रुपैयाँ थियो ।

उक्त सीमा कुनै व्यक्तिको नाममा बैक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा पैसा पठाउदा भने लागू नहुने राष्ट्र बैंकले जनाएको छ । साथै, सरकारी कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, विद्युत सेवा, दूरसञ्चार सेवा, बिमा प्रिमियमलगायतमा पनि लागू हुने छैन ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।