एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा

Mar 05, 2021 10:10 AM Merolagani



एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड (EIC) ले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४२ प्रतशित नगद लाभांश गरी कुल ८.४२ प्रतशित लाभांश वितरण गर्ने घोषणा गरेको हो।

फागुन २० गते सम्पन्न इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। बीमा समितिको स्वीकृतीपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ।

हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ रहेको छ। ८ प्रतिशत बोनस शेयर वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब १८ करोड ३६ लाख ४ हजार ४०० रुपैयाँ पुग्नेछ।