रिलायन्स फाइनान्सले घोषणा गर्यो लाभांश

Mar 05, 2021 10:16 AM Merolagani



रिलायन्स फाइनान्स लिमिटेड (RLFL) ले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

फाइनान्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५३ प्रतशित नगद लाभांश गरी कुल १०.५३ प्रतशित लाभांश वितरण गर्ने घोषणा गरेको हो।

फागुन २० गते सम्पन्न फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकको स्वीकृतीपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सो लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ।

हाल फाइनान्सको चुक्ता पूँजी ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँ रहेको छ। १० प्रतिशत बोनस शेयर वितरण पश्चात फाइनान्सको चुक्ता पूँजी ९१ करोड ५६ लाख ५७ हजार ६६९ रुपैयाँ पुग्नेछ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।