सूर्योदय लघुवित्तको लाभांश घोषणा

Mar 15, 2021 10:50 AM Merolagani



सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड (SLBS) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५.३४ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.८० प्रतिशत नगद लाभांश गरी कुल १६.१५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

चैत १ गते सम्पन्न लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल लघुवित्तको चुक्ता पूँजी २१ करोड ५० लाख ४२ हजार ९२५ रुपैयाँ छ। ३ करोड ३० लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी २४ करोड ८० लाख ४२ हजार ९२५ रुपैयाँ पुग्नेछ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।