पैसाको बारे फरक दृष्टिकोण दिने पुस्तक ‘साइकोलोजी अफ मनि’ को सारंश भाग ५

Mar 17, 2021 06:25 PM Merolagani



हरेक साता अर्थसँग सम्बन्धित पुस्तकहरुको सारंश प्रस्तुत गर्ने क्रममा विगत केही सातादेखि हामीले मोर्गन हाउसलले लेखेको पुस्तक ‘द साइकोलोजी अफ मनि’ को सारंशकाे प्रस्तुत गर्दै अाएका छाैँ। पैसाको बारेमा फरक धारणा प्रस्तुत गर्ने यस पुस्तककाे यहाँ पाँचाै भाग प्रस्तुत गरिएकाे छ।

अध्याय ९ः सम्पत्ती त्यो हो जुन तपाई देख्न सक्नुहुन्न

एक लाख डलरको कार चढ्ने धनी हुन सक्छ। तर, मुख्य कुरा तपाई ऊसँग भएको एक लाख डलरको कार देख्नुहुन्छ न कि उसले त्यो कार खरिद गर्नुअघि गरेको दुःख।

सम्पत्ती त्यस्तो वित्तीय धन हो जुन तपाईले देख्नु स्वरुपमा परिवर्तन भएको हुदैन।

हाउसल सम्झाउँछन् कि जब मानिसहरु आफु लखपति बन्न चाहन्छु भन्छन्, त्यसको वास्तविक अर्थ उनीहरु लाखौँ खर्च गर्न चाहेको हुन्छ। लाखौँ डलर खर्च गर्नु वास्तवमै लखपति बन्नुभन्दा ठिक विपरित कुरा हो।

धनी र समृद्ध बीचको फरकः

जो मानिसहरु ठूला घरमा बस्छन् र फेन्सी कारहरु चढ्छन्, उनीहरु धनी हुन्। आम्दानी धेरै भएका मानिसहरु धनी हुन्। उनीहरु आफु धनी भएको देखाउँछन्।

सम्पत्ती लुकेको हुन्छ। सम्पत्ती आम्दानी हो जुन बचाइएको हुन्छ, खर्च गरेको होइन। धन वैकल्पिकता, लचकता र वृद्धि हो। सम्पत्ती भनेको आफुलाई चाहेको वस्तु खरिद गर्न सक्ने क्षमता हो।

अध्याय १०ः पैसा बचाउनुस्

यहाँ तीन प्रकारका मानिस छन्ः

  • एक, जो पैसा बचाउँछन्
  • दोस्रो, जो सोच्छन् पैसा बचाउन सक्दिन
  • र, तेस्रो, जो सोच्छन् पैसा बचाउन आवश्यक छैन

तपाईको आम्दानी अथवा लगानीको प्रतिफलभन्दा बचत दर निकै महत्वपूर्ण छ।

समानताः सन् १९७० दशकको तेल अभाव

समस्याः माग र आर्थिक वृद्धिको तुलनामा तेलको आपूर्ति कम थियो।

समस्याः तेल आपूर्ति ६५ प्रतिशत बढ्यो तर, इन्धन क्षमता र संरक्षण दुई गुणा भयो, त्यो इन्धनबाट के गर्ने भन्ने थाहा थिएन।

आपूर्तिको पाटो मानव नियन्त्रणभन्दा बाहिर थियो तर, माग पूर्ण रुपमा व्यक्तिको नियन्त्रणमा थियो।
तपाई उच्च आम्दानी बिना नै सम्पत्ती जोड्न सक्नुहुन्छ, तर उच्च बचत दर नभई सम्पत्ती निर्माण हुन सक्दैन, यो स्पष्टक छ कि के ले धेरै प्रभाव पार्छ।

कम मैसामा पनि खुसी हुनुले आफ्नो इच्छा र आवश्यकता बिचको अन्तर सिर्जना गरेजस्तै तपाईको बढ्दो पेचेक (खर्च) बिचको अन्तर सिर्जना गर्छ तर, सजिलो र धेरै नियन्त्रित। आम्दानीका केही चरणहरु पार गरिसकेपछि, तपाईलाई चाहिने त्यो हो जुन तपाईको इगोभन्दा तल हुन्छ। समाधानः अन्य व्यक्तिहरुले के सोच्छन् अथवा के महसुस गर्छन् भन्ने विषयमा चिन्तित नहुनुस्।

समयमाथि तपाईको नियन्त्रण र लचकता, तपाइको सम्पत्तीमा अदृश्य प्रतिफल हो। आफ्नो समय र विकल्पहरुमा अधिक नियन्त्रण राख्नु भनेको दुनियाँमा सबैभन्दा मूल्यवान मुद्राहरुमध्ये एक बनिरहेको छ।

अध्याय ११ः रिजनेबल > र्यास्नल

वित्तीय निर्णय लिने समयमा निष्क्रिय र्यास्नल हुने लक्ष्य नराख्नुहोस्। केबल रिजनेबल हुने उद्देश्य लिनुहोस्। रिजनेबल हुनु अधिक यथार्थवादी छ र तपाईसँग लामो समयसम्म यसको साथ रहिरहने एक राम्रो मौका छ, जुन पैसाको प्रबन्धन गर्ने समयमा अधिक मान्यता राख्दछ।

समयसँगै पैसा कमाउने विभिन्न उपायहरु बढीरहेको छ। पाठः आफ्नो कुरामा अडिग रहनुहोस् र अल्पकालिन उताचढावको समयमा खराब निर्णय लिन बाध्य नहुनुहोस्। उदाहरणः एक वर्षमा ६८ प्रतिशत प्रतिफल प्राप्त गर्न सक्नुहुन्छ, त्यस्तै, १० वर्षमा ८८ प्रतिशत र १० वर्षमा १०० प्रतिशत।

अध्याय १२ः सरप्राइज

राजनीति वैज्ञानिक स्कट सगन भन्छन्, ‘पहिले कहिल्यै नभएका कुराहरु जहिले पनि हुनसक्छ।’
इतिहासले हामीलाई आफ्नो अपेक्षालाई जाँच्न मद्दत गर्दछ, कहाँ निर मानिसहरु गलत निर्णय लिन्छन? र के ले काम गर्छ भन्ने खाका निर्देशन दिन्छ। तर, यो कुनै पनि हालतमा भविष्यको नक्सा होइन।

याद राख्नुहोस्, सर्वव्यापी वित्तीय अस्वीकरणले माने जस्तै विगतका कार्यहरु भविष्यको परिणामहरुको संकेत होइनन्। विगतको इतिहास र विगतको प्याटर्नमा केन्द्रित हुँदा दुई कुराहरु हुन सक्छन्ः

सुई सार्ने बाहिरी घटनाहरु हेर्ने

उदाहरणः १९ औँ र २० औँ शताब्दीमा १५ बिलियन मानिसहरु जन्मिए। तर, मुट्ठीभर मानिसलाई ध्यान दिनुहोस् जसले अनियन्त्रित रुपमा ऐतिहासिक घटनाहरुलाई प्रभाव पार्छ, हिटलर, स्टलिन, माओ, एड्सन, गेट्स आदि

उदाहरणः पछिल्लो शताब्दीका प्रोजेक्ट, कार्यक्रम र अन्वेशनलाई विचार गर्नुहोस्ः द ग्रेट डिप्रेशन, दोस्रो विश्वयुद्ध, खोप, एन्टिबायोटिक्स, इन्टरनेट, सोभियत यूनियनको अवशान आदि।
केही व्यक्ति र घटनाहरुले प्रभाव पार्छन् जुन अरुभन्दा अधिक परिमाणको आदेश हो। हाउसेल यसलाई ‘टेल इभेन्ट’ भन्छन्।

यस्ता घटनाहरुले दोस्रा तथा तेस्रो पराकम्पन पैदा गर्छ। ‘कुनै कुरा कसरी कम्माउण्ड हुन्छ भन्ने वेवास्ता गर्न सजिलो छ। उदाहरणको लागि ९/११ ले फेडरल रिजर्भलाई ब्याजदर घटाउन बाध्य बनायो, जसले हाउसिङ्ग बबल सिर्जना गर्यो र त्यसले वित्तीय संकटतर्फ ढकेल्यो, जसले कमजोर रोजगार बजार, लाखौँ मानिसहरुलाई कलेज शिक्षा लिन, १०.८ प्रतिशत ब्याजदरमा १.६ त्रिलियन डलर विद्यार्थी ऋण तर्फ डोर्यायो।




भारत जाने विमानमा फेरि सर्प

Jun 30, 2025 12:48 PM

मुम्बईका भारतीय भन्सार अधिकारीहरूले थाइल्यान्डबाट आएका एक विमान यात्रुलाई जीवित सर्पहरूसहित साथ रोकेको बताएका छन् । यो महिनाको तेस्रो यस्तो जफत हो ।