अध्याय ८ः नियन्त्रण
नियन्त्रण रणनीतिले व्यापार सम्पत्तीको मूल्याङ्कन गर्न र लार्ज पोजिशन लिनमा केन्द्रित हुन्छ ताकि प्रभाव पार्न वा निर्णय लिन बाध्य पार्न सकिन्छ। बफेटले बीपीएल मार्फत धेरै नियन्त्रण कारोबार कार्यान्वयन गरेका थिए। बफेटले कम्पनीमा लार्ज पोजिशनबाट शुरु गरेको भएपनि उनको नियन्त्रण पोजिशन सामान्य वर्गबाट शुरु हुन्थ्यो।
उनको पत्रमा उनले नियन्त्रण पोजिशन भन्नु व्यवसायमा लगानी गर्नु भन्दा पनि व्यवसायमा समावेश हुनु हो भन्ने धेरै उदाहरणहरुबाट सिकाएका छन्। नियन्त्रण मुल्याङ्कनलाई असर गर्ने प्रमुख कारकहरु कमाइ शक्ति (विगत र सम्भावना) सम्पत्ती मूल्यहरु हुन्। तिनीहरु आवश्यक रुपमा राम्रो व्यवसाय हुनुपर्छ भन्ने छैन तर तिनीहरुको सबै दायित्व घटाएर हुने कम्पनीको बजार मूल्य, स्टकको मूल्यभन्दा बढी हुनपर्छ। नियन्त्रण रणनीतिको कला भनेको सम्पत्तीको मूल्य अनुमान गर्न सक्षम हुनु हो। वासलातले साँचो तस्वीर दिँदैन किनकी यसले लागत रेकर्ड गर्छ, बजार मूल्य होइन। व्यवसायको गुणस्तरमा निर्भर हुँदै, सम्पत्तीको हालको बजार मूल्य खरिदको लागतभन्दा बढी वा कम हुन सक्छ।
डेम्पस्टर मिल्स र सानबोर्न म्याप कम्पनी जस्ता कम्पनीहरुको नियन्त्रण रणनीतिमा, बफेटले शेयरधनीको भ्यालु बढाउन विरोधी पोजिसन लिएका थिए। जब तपाई अल्पमतमा हुनुहुन्छ, तब हाल कायम व्यवस्थापन र सञ्चालक समितिको दयामा पर्नुहुन्छ। लार्ज पोजिशन लिन नसक्ने लगानीकर्ताहरुका लागि एक रणनीति भनेको अन्य प्रख्यात लगानीकर्ताहरुले जस्तै व्यवस्थापकको निर्णय गर्ने र शेयरधनीको भ्यालु बढाउन कार्य गरिरहेकोमा लगानी गर्नु हो।
अध्याय ९ः डेम्पस्टर डाइभिङ्गः सम्पत्ती रुपान्तरण खेल
डेम्पस्टर बफेटको पूर्ण रुपमा नियन्त्रण व्यवस्थामा उत्रेको पहिलो अनुभव थियो र डेम्पस्टर मिल्समा आफ्नो समझदारी पत्रमा आफ्नो लगानीको पूर्ण विवरण दिएर उनले लगानीकर्तालाई कम्पनीको सम्पत्ती मूल्याङ्कन गर्ने धेरै पाठ सिकाए। यसले उनको प्रारम्भिक लगानी प्रक्रियालाई पूर्ण रुपमा समात्छ र उनले कसरी ग्राहमको मात्रात्मक लगानी शैली लागु गरे भनेर प्रकाश पार्छ।
पहिलो पाठ भनेको सम्पत्ती मूल्याङ्कनमा अत्यन्त रुढिवादी हुनु हो ताकि होल्डिङ्कको छोटो अवधिले पनि पर्याप्त प्रतिफल दिलाउनेछ। ग्राहमले यस विधिको आधार पूर्ण रुपमा सेट गरे र सामान्य नियमको रुपमा, डलरमा १०० सेन्ट नगद, डलरमा ८० सेन्ट प्राप्य वस्तुहरु, इन्भेन्टरीको लागि डलरमा ६७ सेन्ट (विस्तृत दायरामा व्यवसायमा निर्भर गर्दछ) र स्थिर सम्पत्तीहरुको लागि डलरमा १५ सेन्ट। डेम्पस्टरको मामलमा, सम्पूर्ण दायित्व घटाएर उनीहरुको सम्पत्तीको मूल्य, स्टकको बजार मूल्यभन्दा धेरै बढेको छ भने यो एकदम डिस्काउण्टमा बिक्री भइरहेको छ।
आफुले खरिद गरेको केही समय नबित्दै, बफेट कम्पनीको सञ्चालक समितिमा सामेल भए, र उनले अर्को पाँच वर्षसम्म स्टक खरिद गरिरहे। सन् १९६१ सम्म, उनीसँग कम्पनीको ७० प्रतिशत स्वामित्व थियो। डेम्पस्टरले वर्षको अन्त्यमा बीपिएलको कुल सम्पत्तीको लगभग २० प्रतिशतका लागि जिम्मेवार थियो। १९६२ मा बफेटले उच्च इन्भेन्टरीहरु र धेरै छिटो बढेको एक कठिन परिस्थितिको सामना गरे। उनले हाल कायम व्यवस्थापनसँग काम गर्ने प्रयास गरे तर सूचीहरु निर्माण गर्न जारी राख्दा अन्नतm तिनीहरुलाई बाहिर निकाल्नु पर्यो। कम्पनीको बैंक चिन्तित थियो र आफ्नो पैसा फिता गर्द धम्की दियो। चार्ली मुंगेरको सिफारिसमा, बफेटले एक अपरेटिङ म्यान ह्यारी बोटललाई भेटे र उनलाई घटनास्थलमा काममा राखे। ह्यारीले इन्भेन्टरीहरुलाई ४ मिलियन डलरबाट १ मिलियन डलरमा घटाउन, बैंकको चिन्तालाई कम गर्न, प्रशासनिक र बिक्री खर्चलाई आधारमा कटौती गर्न र पाँच नाफा नहुने शाखाहरु बन्द गर्न उत्कृष्ट काम गरे।
डेम्पस्टर चलाएर, बफेटले दोस्रो तर धेरै महत्वपूर्ण पाठ सिकाए कि सञ्चालनमा, व्यवसायलाई केबल तीन तरिकामा सुधार गर्न सकिन्छः १) बिक्रीको स्टर बढाउने २) बिक्रीको प्रतिशतको लागत घटाउने ३) बिक्रीको प्रतिशतको रुपमा सम्पत्ती घटाउने।