अध्याय ५ः पार्टनरसीपः एक रमणीय संरचना
वारेन बफेटले लगानीकर्ता र पैसा प्रबन्धक दुबैलाई फाइदा पुग्ने साझेदारी संरचनाको उत्कृष्ट उदाहरण सेट गरेका छन्। बफेट पार्टनरसीप लिमिटेड (बीपीएल) को संरचना वारेन बफेटको प्रदर्शनमा आधारित थियो। उनले निश्चित थ्रेसहोल्ड मुनाफाभन्दा परको लाभको प्रतिशत लिएका थिए। यो साझेदारी दुई कारणका लागि जीतको स्थितिमा परिणत भयोः वारेन बफेटले आफ्नो पैसा लगानी गरेर साझेदारीमा हिस्सदारी राखेका थिए र जब प्रतिफल ६ प्रतिशतभन्दा बढी हुनेछ तब मात्र उनले पैसा पाउनेछन्।
म्युचुअल फण्ड र हेज फण्डहरुले लगानीकर्ताको सम्पत्तीको निश्चित प्रतिशतको रुपमा ०.२५ प्रतिशतदेखि २ प्रतिशत वा बढी, प्रति वर्ष व्यवस्थापन शुल्क लगाउँछन्। प्रदर्शनको ख्याल नगरी उनीहरुले शुल्क लिन्छन्। र, धेरैजसो अवस्थामा, पैसा प्रबन्धकहरुसँग कुनै व्यक्तिगत दाउ वा कुनै प्रदर्शन प्रोत्साहन हुँदैन। कसरी प्रबन्धक प्रोत्साहन र लगानीकर्ता उद्देश्यहरु पङक्तिबद्ध गर्ने बीपीएल एक उत्कृष्ट उदाहरण हो।
भाग २
अध्याय ६ः जनरल्स
वारेन बफेटले समयको आवश्यकता र आफुले लगानी गर्न चाहेको रकमलाई पूरा गर्दै लगानी शैलीहरुको विविधता अपनाएका छन्। बेन्जामिनको चेला भएका कारण, बफेटले सुरुमा आफ्नो डिप भ्यालु इन्भेष्टमेन्ट रणनीतिलाई क्लोन गरे जसमा उनले प्राइभेट ओनर विधि प्रयोग गरेर उनीहरुको मूल्यांकन गरिएको आन्तरिक मूल्यमा स्टक ट्रेडिङ्ग फेला पार्न सक्नेछन्– के राम्रोसँग जानकारी भएको निजी मालिकले सम्पूर्ण कम्पनीको लागि तिर्नेछ। (यो विधि व्यापक रुपमा नेट–नेटको रुपमा चिनिन्छ) प्रायः तिनीहरु लिक्विडेशन मूल्यभन्दा तल कारोबार भइरहेका साना, अस्पष्ट र राडार कम्पनीहरु थिए। यी व्यवसायहरु राम्रो वा उच्च गुणस्तर आवश्यक थिएन तर तिनीहरु सस्ता थिए।
जब साझेदारी बढ्दै गयो र साना कम्पनीहरु झन्झन् कम लगानीयोग्य हुन थाले, बफेटले ठूला कम्पनीहरुमा लगानी गर्न थाले जुन एकल प्राइभेट ओनरले प्राप्त गर्न धेरै ठूला थिए तर ती अन्य कम्पनीहरुले व्यापार गर्ने ठाउँको सापेक्ष अझै पनि कम मूल्याङ्कन गरेका थिए। चार्ली मुङ्गरले वारेन बफेटलाई आफ्नो आधारभूत नियमलाई ‘अद्भुत मूल्यमा निष्पक्ष व्यवसायहरु खरिद गर्ने’ बाट ‘उचित मूल्यमा अद्भुत व्यवसायहरु खरिद गर्ने’ मा परिवर्तन गर्न राजी गरे।
अध्याय ७ः वर्कआउट्स
वर्कआउट्स लगानीको अर्को विधि हो जुन वारेन बफेटले विशेष गरी बीपीएल लगानीको प्रारम्भिक वर्षहरुमा लागु गरेका थिए। यस अभ्यासलाई आर्बिट्रेज भनिन्छ – एक अभ्यास जसले सीधा सुत्र पछ्याउँछः केही कुरा एक्समा खरिद गरियो, एक भ्यालु अथवा जोखिम मूल्यांकन थप गरिन्छ र सो एक्सका साथ नाफासहित बिक्री गरिन्छ।
परम्परागत जोखिम मुक्त मध्यस्थतामा, नाफा कमाइन्छ जब दुई समान वा करिब समान वस्तुहरु एकै समयमा विभिन्न स्थानहरुमा फरक मूल्यमा व्यापार हुन्छ। उदाहरणका लागि, जब कम्पनीको स्टक (हरेक तरिकामा समान) लन्डनभन्दा न्यूयोर्कमा कम मूल्यमा ट्रेड गर्दछ, इक्विटी आर्बिट्रेजहरुले एक शहरमा स्टक किन्ने र अर्कोमा बेच्ने र स्प्रेड कब्जा गर्न सक्छन्।
तर, बफेटले आफ्नो मर्जर आर्बिट्रेज इन्भेष्टमेन्टको लागि वर्कआउट भनेका छन्। जब कम्पनीले अर्को पब्लिक कम्पनी खरिद गर्ने घोषणा गर्छ, बेच्ने कम्पनीको स्टक सामान्यतया एक स्तरभन्दा माथि कारोबार हुने गर्दछ तर घोषणा गरिएको मूल्यमा होइन। त्यो त्यस्तो ठाउँ हो जहाँ अवसर लुकेका छन्। बफेटले लेनदेनको मध्यस्थता गर्ने उद्देश्य राखे जहाँ स्प्रेड पर्याप्त फराकिलो थियो र सम्झौता वास्तवमा बन्द हुने सम्भावना उच्च थियो।