उन्नति सहकार्य लघुवित्तले बोलायो साधारणसभा, लाभांश वितरण र एफपिओ जारी गर्ने विशेष प्रस्ताव

Mar 23, 2021 11:00 AM Merolagani



उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था (USLB) ले गत आर्थिक वर्षको कमाइबाट लाभांश वितरण गर्ने र एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न छैठौ वार्षिक साधारणसभा आह्वान गरेको छ। लघुवित्तले चैत ३१ गते होटल पौवा, भैरहवामा विहान साढे १० बजे सभा बोलाएको हो।

सभामा लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट चुक्ता पूँजीको १७.८१०३८७२१ प्रतिशत बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव सभामा लैजाने भएको छ।

त्यस्तै, लघुवित्तले बोनस शेयर बाँडफाँड पश्चात सर्वसाधारण शेयर स्वामित्व अनुपात ३० प्रतिशत कायम गर्न १ करोड ३७ लाख २८ हजार रुपैयाँ बराबरको पुनः सर्वसाधारणलाई धितोपत्रको थप सार्वजानिक निष्काशन गर्ने प्रस्ताव समेत पारित गर्ने भएको छ। बोनस शेयर र एफपिओ जारी पश्चात लघुवित्तको चुक्ता पुँजी १८ करोड ९८ लाख ९७ हजार ७०६ रुपैयाँ पुग्नेछ।

सभामा लघुवित्तले संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना तथा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने  २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत रहेको छ।

त्यसैगरी, सभाले अन्य लघुवित्त वित्तीय संस्थालाई गाभ्ने वा संस्थासँग गाभिने प्रयोजन र सोसँग सम्बन्धित सम्पुर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ।

साधारण सभा प्रयोजनको लागि लघुवित्तले चैत १८ गते एक दिनको लागि बुकक्लोज गर्ने भएकोले चैत १७ गतेसम्म कायम शेयरधनीहरुले मात्रै लघुवित्तले दिने लाभांश लिन र साधारण सभामा भाग लिन पाउनेछन्।




चैत १२ सम्मको समय शेयर बजारका लागि 'हनिमुन पिरियड'

Mar 20, 2026 06:29 AM

सुवास निरौला

नेपालको पूँजी बजार (नेप्से) यति बेला एउटा यस्तो रोचक मोडमा आइपुगेको छ। जहाँ राजनीति र अर्थतन्त्रको सम्बन्ध केवल सिद्धान्तमा मात्र होइन, कारोबारका अंकहरूमा समेत स्पष्ट प्रतिबिम्बित भइरहेको छ।