कालिका लघुवित्तले एकैपटक डाक्यो दुई वर्षको साधारण सभा, यी प्रस्ताव हुँदैछन् पारित

Mar 25, 2021 08:40 AM Merolagani



कालिका लघुवित्त वित्तीय संस्था (KMCDB) ले दुई वर्षको वार्षिक साधारण सभा एकैपटक बोलाएको छ।

लघुवित्तले २०७८ बैशाख ७ गते होटल टास्क इन्टरनेशनल प्रा. लि.को सभाहल, पोखरामा दशौँ र एघारौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ८ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै लघुवित्तको शेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ५४.५२ प्रतशित र सर्वसाधारण समूहको ४५.४८ प्रतिशत काय गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली सशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ। सभामा सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन पनि हुनेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले चैत २२ गतेदेखि बैशाख ७ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागि हुन र लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी २५ करोड २३ लाख ३० हजार रुपैयाँ रहेको छ। १० प्रतिशतका दरले २ करोड ५२ लाख ३३ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी २७ करोड ७५ लाख ६३ हजार रुपैयाँ पुग्नेछ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।