कालिका लघुवित्तले एकैपटक डाक्यो दुई वर्षको साधारण सभा, यी प्रस्ताव हुँदैछन् पारित

Mar 25, 2021 08:40 AM Merolagani



कालिका लघुवित्त वित्तीय संस्था (KMCDB) ले दुई वर्षको वार्षिक साधारण सभा एकैपटक बोलाएको छ।

लघुवित्तले २०७८ बैशाख ७ गते होटल टास्क इन्टरनेशनल प्रा. लि.को सभाहल, पोखरामा दशौँ र एघारौँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ८ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै लघुवित्तको शेयर संरचना परिवर्तन गरी संस्थापक समूहको ५४.५२ प्रतशित र सर्वसाधारण समूहको ४५.४८ प्रतिशत काय गर्ने, अन्य उपयुक्त लघुवित्तसँग मर्जर तथा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली सशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ। सभामा सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन पनि हुनेछ।

साधारण सभा प्रयोजनार्थ लघुवित्तले चैत २२ गतेदेखि बैशाख ७ गतेसम्म बुकक्लोज गर्ने भएको छ। यस अनुसार चैत १९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागि हुन र लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी २५ करोड २३ लाख ३० हजार रुपैयाँ रहेको छ। १० प्रतिशतका दरले २ करोड ५२ लाख ३३ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात लघुवित्तको चुक्ता पूँजी २७ करोड ७५ लाख ६३ हजार रुपैयाँ पुग्नेछ।




१० सेकेण्डमै सकिएकाे अनौठो पत्रकार सम्मेलन

Oct 28, 2025 12:34 PM

नेपालको युवा आन्दोलनको आगो अझै निभिसकेको छैन । गत भदौ २३ र २४ गतेको आन्दोलनको आगो अझै बलिरहेको छ । मंगलवार बिहान संगीत बम नामक युवक रिपोर्टस क्लव नेपालमा पत्रकार सम्मेलनका लागि पुगे । पत्रकार सम्मेलनका लागि भनेर सञ्चारकर्मीहरु ११ बजे नै तोकिएको स्थानमा पुगिसकेका थिए । तर पत्रकार सम्मेलन १० सेकेण्डमै सकियो ।