मल्टीपर्पस फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

Mar 26, 2021 09:24 AM Merolagani



मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड (MPFL) ले फागुन २८ गते बिक्रीमा ल्याएको लिलामी शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज (चैत १३ गते) अन्तिम दिन रहेको छ।

फाइनान्सले १७ लाख ५९ हजार ६२१ कित्ता अवितरित हकप्रद शेयर लिलाम प्रक्रिया मार्फत खरिद गर्न आह्वान गरेको थियो।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ। आवेदकले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। सो शेयरमा न्यूनतम १ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ।

फाइनान्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथमा फाइनान्सको केन्द्रिय कार्यालय, राजविराज, सिभिल बैंकका विराटनगर, वीरगंज, पोखरा, बुटवल, नेपालगंज, विरेन्द्रनगर, धनगढी, बिर्तामोड, जनकपुर, हेटौँडा, नारायणघाट तथा घोराही शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन्।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।