हकप्रद निष्काशनकाे अनुमति माग्दै एचआईडिसिएल पुग्यो धितोपत्र बोर्ड

Mar 30, 2021 02:14 PM Merolagani



हकप्रद शेयर निष्काशन माग्दै हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) (HIDCL) ले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको छ।

कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद निष्काशन गर्न बोर्डसँग अनुमति मागेको हो। कम्पनीले प्रति कित्ता १०० अंकित दरका ११ करोड कित्ता हकप्रद शेयर निष्काशन गर्न बाेर्डसँग अनुमति मागेकाे हाे।

हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले चैत १२ गते बोर्डमा आवेदन दिएको हो। 




रास्वपाद्वारा समानुपातिकतर्फका ५७ सांसदको नाम टुङ्गो, ४८ जना महिला, को को परे ? (सूचीसहित)

Mar 15, 2026 02:31 PM

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका ५७ जना सांसदको नाम टुङ्गो लगाएको छ। आइतबार बसेको पार्टीको सचिवालय बैठकले ४८ जना महिलासहित ५७ जनाको नाम छनोट गरेको हो।