सुन र चाँदीको भाउमा सामान्य गिरावट

Apr 05, 2021 12:37 PM Merolagani



सुन र चाँदीको भाउमा चैत २३ गते सोमबार सामान्य गिरावट देखिएको छ। सोमबार सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेको छ।

सोमबार छापावाला सुन प्रतितोला ८७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ भने तेजबी सुन प्रतितोला ८६ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ।

यस दिन चाँदी पनि तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २३५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार २४० रुपैयाँमा खरिद बिक्री भएको थियो।




यी हुन लाभांशसँगै हकप्रद जारी गर्ने हाइड्रोपावर कम्पनीहरु

Jan 12, 2026 05:16 PM

बाबुकृष्ण महर्जन

पछिल्लो समय हाइड्रोपावर कम्पनीले ऋण तिर्ने र अन्य हाइड्रोपावर आयोजनामा लगानी गर्ने उद्देश्यले धमाधम हकप्रद शेयर निष्काशन गरिरहेका छन् । कतिपय हाइड्रोपावर कम्पनीले पहिला निष्काशन गरेको हकप्रद शेयर सूचीकृत नहुँदै थप हकप्रद शेयर समेत घोषणा गर्न थालेका छन् भने कतिपयले वर्षेनी जस्तो हकप्रद शेयर निष्काशनको घोषणा गरिरहेका छन् ।