राष्ट्र बैंककी निर्देशक रेग्मीलाई आमाको ३ करोड पैसा लिएर हेरचाह नगरेको आरोपमा पक्राउ

Apr 05, 2021 05:01 PM Merolagani



नेपाल राष्ट्र बैंकमा निर्देशक तहमा कार्यरत शुष्मा रेग्मीलाई आमाको ३ करोड पैसा लिएर हेरचाह नगरेको आरोपमा नेपाल प्रहरीले पक्राउ गरेको छ । आमाले हेरचार नगरेको भनी उजुरी दिएको आरोपमा रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीमा दिइएको उजुरीमा रेग्मीले आमा र उनको अपाङ भएको दिदीको पैसा लिएर हेरचाह नगरेको आरोप छ ।

रेग्मीलाई जेष्ठ नागरिक ऐन अनुसार कारवाहीको प्रक्रिया प्रहरीले अगाडि बढाएको छ ।

उनी नेपाल राष्ट्र बैंकमा निर्देशक तहकी कर्मचारी भएकीले उनको सेवा सुविधा निकै नै आकर्षण हुने गर्छ । तर, पनि उनले रकम लिएर आमा र अपाङ दिदीलाई हेरचार नगरेको उजुरीमा उल्लेख छ ।




सुदन गुरुङमाथि हमलाकाे प्रयास

Sep 14, 2025 05:12 PM

जेनजी आन्दाेलनकाे नेतृत्व गरिरहेका हामी नेपाल संस्थाका नेता सुदन गुरुङमाथि भर्खरै हमलाकाे प्रयास भएको छ । रिपोर्टर्स क्लबकाे पत्रकार सम्मेलनकाे क्रममा हमला प्रयास हुँदा उध्दारका निम्ति प्रहरी पुगेको छ।