राष्ट्र बैंककी निर्देशक रेग्मीलाई आमाको ३ करोड पैसा लिएर हेरचाह नगरेको आरोपमा पक्राउ

Apr 05, 2021 05:01 PM Merolagani



नेपाल राष्ट्र बैंकमा निर्देशक तहमा कार्यरत शुष्मा रेग्मीलाई आमाको ३ करोड पैसा लिएर हेरचाह नगरेको आरोपमा नेपाल प्रहरीले पक्राउ गरेको छ । आमाले हेरचार नगरेको भनी उजुरी दिएको आरोपमा रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीमा दिइएको उजुरीमा रेग्मीले आमा र उनको अपाङ भएको दिदीको पैसा लिएर हेरचाह नगरेको आरोप छ ।

रेग्मीलाई जेष्ठ नागरिक ऐन अनुसार कारवाहीको प्रक्रिया प्रहरीले अगाडि बढाएको छ ।

उनी नेपाल राष्ट्र बैंकमा निर्देशक तहकी कर्मचारी भएकीले उनको सेवा सुविधा निकै नै आकर्षण हुने गर्छ । तर, पनि उनले रकम लिएर आमा र अपाङ दिदीलाई हेरचार नगरेको उजुरीमा उल्लेख छ ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।