अजोडको हकप्रद प्रस्ताव स्थगन गर्न बीमा समितिको निर्देशन

Apr 06, 2021 12:18 PM Merolagani



बीमा समितिले अजोड इन्स्योरेन्स (AIL) काे हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव स्थगन गर्न निर्देशन दिएको छ । कम्पनीले बीमा समितिसँग अनुमति नलिएको भन्दै हकप्रदको एजेन्डा स्थगन गर्न निर्देशन दिएको हो ।

बीमा समितिका कार्यकारी निर्देशन राजुरमण पाैडेलले अजोड इन्स्योरेन्सलाई हकप्रदको प्रस्ताव स्थगन गर्न निर्देशन दिएको मेरोलगानीलाई जानकारी गराए । ‘समितिलाई जानकारी नै नगरी अजोड इन्स्योरेन्सले हकप्रदको प्रस्ताव गरेको रहेछ । हामीले हकप्रद प्रस्ताव स्थगत गर्न पत्र पठाएका छौं,’ उनले भने ।

कम्पनीले चैत १७ गते ५० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव सहित बैशाख ७ गते वार्षिक साधारण सभा बोलाउन सूचना प्रकाशित गरेको थियो । साधारण सभाको सूचना सार्वजनिक हुनु भन्दा एक दिन अघि अर्थात चैत १६ गतेकाे कारोबारमा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको थियो ।

हकप्रद निष्काशनको सूचना आउनु अघि १० प्रतिशतले शेयरमूल्य बढेपछि लगानीकर्ताहरुले सूचना चुहिएको आशंका गरेका थिए ।

त्यस विषयमा अध्ययन तथा छानविन गर्न नेपाल धितोपत्र बोर्डले बोर्डका निर्देशकको संयोजकत्वमा एक उप समिति गठन गरेको छ ।

त्यस सम्बन्धमा कुनै भित्री कारोबार भएको पाइएमा नियमानुसार कारवाही अगाडी बढाउने बोर्डले जानकारी गराएको छ ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।