डिसलाइक सङ्ख्या नदेखिने फिचर ल्याउदै युट्युब, विकृति फैलिएको निष्कर्ष

Apr 07, 2021 06:01 PM Merolagani

युट्युबले डिसलाइक बटमका कारण विकृति फैलिएको भन्दै युट्युब कन्टेन्टमा डिसलाइकको सङ्ख्या नदेखिने बनाउने भएको छ ।

पछिल्लो समय युट्युबका भिडियो लोकप्रिय र अलोकप्रिय लाइक र डिसलाइक सङ्ख्याबाटै गणना हुने भएका कन्टेन्ट क्रिएटरलाई निराश बनाउने भन्दै यस्तो फिचर ल्याउन लागेको हो ।

अझ भन्ने हो भने अनलाइन ट्रोल नै डिसलाइक बन्न पुगेको कारण युट्युबले नयाँ फिचर ल्याउन लागेको हो ।
कन्टेन्ट क्रिएटर र कलाकारलाई निरुत्साहित गर्ने यस्तो डिसलाइकलाई नदेखाउने प्रक्रिया अगाडी बढाएको युट्युबले जनाएको छ ।

अब भविष्यमा युट्युबका दर्शकले आफूले हेर्ने सामग्री मन नपरेमा डिसलाइक त गर्न सक्नेछन् तर उक्त सामग्रीमा कति जनाले डिसलाइक बटन थिचे भनेर जान्न चाहिँ पाउने छैनन् ।

नयाँ फिचरअनुसार युट्युब भिडियोमा डिसलाइक बटन त देखिनेछ तर डिसलाइकको संख्या चाहिँ सम्बन्धित युट्युब च्यानलको सर्जकले मात्र युट्युब स्टुडियो भित्र हेर्न पाउनेछन् ।

युट्युबले भनेको छ – सर्जकहरु तपाईंले युट्युब स्टुडियोमा लाइक्स र डिसलाइक्सको वास्तविक संख्या हेर्न सक्नुहुनेछ । कलाकार र कन्टेन्ट क्रियटरमात्रै होइन सबै क्षेत्रका मानिसलाई यस्तो डिसलाइक प्रवृत्तिले प्रभावित बनाइरहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।