Sat, Jul 19, 2025
मानवताको लागि सहयोग नेपाल (हेल्प फर ह्यूमानिटि नेपाल, एचएचएन) ले कापी किताव हस्तान्तरण अभियान शुरु गरेको छ । गैह्र नाफा मुलक संस्था एचएचएनले ‘हाम्रो इच्छा, सबैलाई शिक्षा’ नाराका साथ अभियान शुरु गरेको हो ।
त्यस अभियान अन्र्तगत संस्थाले काठमाडौंको झोरमा रहेको झोर महांकाल माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाले विद्यालयमा आवश्यक पर्ने शैक्षिक सामाग्री तथा इसीडी कक्षाको लागि र्याक हस्तातरण गरेको हो । शैक्षिक सामाग्री हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष मुधुसूदन ध्वज खड्काले सहयोग गर्न पाउँदा निकै खुशी भएको बताए । उनले भने, ‘यस विद्यालयलाई सहयोग गर्न पाउँदा संस्थालाई निकै हौसला मिलेको र आगामी दिनहरुमा पनि यस्तो कार्यलाइ निरन्तरता दिनेछौं ।’ यस्तै विद्यालयका सहायक प्रधानध्यापक रमेश कुमार अधिकारीले संस्थाको सहयोग प्रति कृतज्ञता व्यक्त गरे । ‘एचएचएन संस्थाले हाम्रो विद्यालयको इसीडी कक्षाको पुननिर्माणको लागि आवश्यक सामाग्री उपलब्ध गराउनु भएको छ । त्यसको लागि म हाम्रो विद्यालय संस्था प्रति आभारी छु ।’ उनले भने । कापी कलम अभियानको उद्धेश्य आर्थिक रुपमा कमजोर रहेका विद्यार्थीहरुलाई आवश्यक पर्ने शैक्षिक सामाग्री वितरण गर्ने रहेको संस्थाका अध्यक्ष खड्काले प्रष्ट पारे ।
त्यस अभियान अन्र्तगत संस्थाले काठमाडौंको झोरमा रहेको झोर महांकाल माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाले विद्यालयमा आवश्यक पर्ने शैक्षिक सामाग्री तथा इसीडी कक्षाको लागि र्याक हस्तातरण गरेको हो ।
शैक्षिक सामाग्री हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष मुधुसूदन ध्वज खड्काले सहयोग गर्न पाउँदा निकै खुशी भएको बताए । उनले भने, ‘यस विद्यालयलाई सहयोग गर्न पाउँदा संस्थालाई निकै हौसला मिलेको र आगामी दिनहरुमा पनि यस्तो कार्यलाइ निरन्तरता दिनेछौं ।’
यस्तै विद्यालयका सहायक प्रधानध्यापक रमेश कुमार अधिकारीले संस्थाको सहयोग प्रति कृतज्ञता व्यक्त गरे । ‘एचएचएन संस्थाले हाम्रो विद्यालयको इसीडी कक्षाको पुननिर्माणको लागि आवश्यक सामाग्री उपलब्ध गराउनु भएको छ । त्यसको लागि म हाम्रो विद्यालय संस्था प्रति आभारी छु ।’ उनले भने ।
कापी कलम अभियानको उद्धेश्य आर्थिक रुपमा कमजोर रहेका विद्यार्थीहरुलाई आवश्यक पर्ने शैक्षिक सामाग्री वितरण गर्ने रहेको संस्थाका अध्यक्ष खड्काले प्रष्ट पारे ।
नेपाल राष्ट्र बैंकले आगामी आवको लागि जारी गरेको मौद्रिक नीतिमा लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने उल्लेख गरेको छ ।