सिद्धार्थ बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत

Apr 07, 2021 05:09 PM Merolagani



सिद्धार्थ बैंक (SBL) को बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । 

बुधबार बैंकको १ करोड १७ लाख ४५ हजार ३२०.५७ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।

बोनस शेयर, शेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।