मध्य भोटेकोशीले सिन्धुपाल्चोकवासीलाई बैशाखमा नै र त्यस लगतै सर्वसाधारणलाई शेयर जारी गर्दै

Apr 07, 2021 04:06 PM Merolagani

चिलिमे जलविद्युत् कम्पनीको सहायक मध्य भोटेकोशी जलविद्युत् कम्पनीले आयोजना प्रभावित सिन्धुपाल्चोकबासीलाई बैशाखमा र त्यसलगतै सर्वसाधारणलाई शेयर बिक्री गर्ने भएको छ ।

 पहिलो चरणमा कम्पनीले कर्मचारी सञ्चयकोषका कर्मचारी, संस्थापक शेयरधनी संस्था र ऋणदाता संस्थाका कर्मचारीका लागि शेयर जारी गरेको थियो । दोस्रो चरणमा बैंशाखमा नै स्थानियवासीलाई शेयर निष्कासन गर्ने तयारी गरेको छ । त्यसैगरी, तेस्रो चरणमा सर्वसाधारणका लागि शेयर जारी गर्दै छ ।

दोस्रो चरणमा स्थानियवासी र तेस्रो चरणमा सर्वसाधारणलाई शेयर जारी गर्ने तयारी गरिरहेको मध्य भोटेकोशी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीले मेरोलगानीलाई बताए । ‘आयोजना प्रभावित स्थानीयवासीलाई बैशाखमा र त्यसलगतै सर्वसाधारणलाई शेयर निष्कासन गर्ने तयारी गरेका छौं,’ उनले भने, ‘यो आर्थिक वर्ष अर्थात वैशाखसम्ममा स्थानियवासीलाई र असारसम्ममा सर्वसाधारणलाई शेयर निष्कासन गरिसक्ने छौं ।’

पहिलो चरणमा कम्पनीले कर्मचारी सञ्चयकोषका कर्मचारी, संस्थापक सेयरधनी संस्था र ऋणदाता संस्थाका कर्मचारीका लागि १ करोड ४४ लाख कित्ता शेयर निष्कासन गरिसकेको छ ।

दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोकवासीलाई छुट्याइएको ६० लाख कित्ता र अन्तिम चरणमा मुलुकभरका सर्वसाधारणका लागि छुट्याएको ९० लाख कित्ता शेयर निष्काशन गरिने कम्पनीले जनाएको छ ।

२०७२ सालमा आएको भूकम्प, बाढीपहिरो, नाकाबन्दी र पछिल्लो समय विश्वव्यापी महामारी रुप लिएको कोरोना भाइरसलगायतका कारणले निर्माण प्रभावित हुँदा आयोजनाको लागत बढ्न जाने देखिएको आयोजनाले जनाएको छ ।

कम्पनीले बहुचर्चित सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीको अधिकृत पूँजी ६ अर्ब २१ करोड र जारी पूँजी ६ अर्ब रहेको छ ।

निर्माणाधीन आयोजनाको शुरुको कूल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइएको छ । सो आयोजनाको ५० प्रतिशत ऋणका लागि कर्मचारी सञ्चयकोषसँग ऋण सम्झौता भइसकेको छ । संस्थापक समूहबाट कबोल भएको तीन अर्ब ६ करोडको शेयर रकम चुक्ता भइसकेको छ ।

कम्पनीको जारी पूँजीको ५१ प्रतिशत शेयरअन्तर्गत नेपाल विद्युत् प्राधिकरण १०, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड ३७, सिन्धुपाल्चोक हाइड्रोपावर एक, नेपाल अरनिको हाइड्रोपावर कम्पनी एक, सिन्धु इन्भेष्टमेण्ट कम्पनी एक र सिन्धु भोटेकोशी हाइड्रोपावरको एक प्रतिशत रहेको छ ।

सर्वसाधारण सेयरधनी समूहको ४९ प्रतिशत शेयरअन्तर्गत कर्मचारी सञ्चय कोषका कर्मचारी १९.५, संस्थापक सङ्गठित संस्थाका कर्मचारी ३.५, ऋणदाता संस्थाका कर्मचारी एक, सिन्धुपाल्चोक जिल्लाका स्थानीयका लागि १० र सर्वसाधारणका लागि १५ प्रतिशतका शेयर छुट्याइएको छ ।

सर्वसाधारण समूहका लागि छुट्याइएको शेयरको निष्काशन तथा बिक्री वितरण गर्न ग्लोबल आइएमइ क्यापिल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक र प्रभु क्यापिटल लिमिटेड, एनआइबिएलएस क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल तथा सिबिआएल क्यापिटल लिमिटेड सह-निष्काशन एवं बिक्री प्रबन्धक छन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।