बेनेलीले नेपालमा ल्यायो इन्ट्री लेवल कार भन्दा पावरफुल बाइक, कति पर्ला मूल्य ?

Apr 09, 2021 06:28 PM Merolagani



नेपाली बजारमा लोकप्रिय मोटरसाइकल कम्पनी बेनेलीले नयाँ बर्षमा मोटरसाइकल पारखीको लागि नयाँ मोटरसाइकल सार्वजनिक गरेको छ । इन्ट्री लेवल कार भन्दा पावरफुल इन्जिन भएको नयाँ मोटरसाइकल ‘७५२ एस’को नेपालमा विक्री गरेको हो ।

नेपालका लागि बेनेली मोटरसाइकलको आधिकरिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले बेनेली ७५२एसलाई नेपाली बजारमा उतारेको हो ।

इटालियन मोटरसाइकल निर्माता कम्पनी बेनेलीको मिडसाइज नेकेड मोटरसाइकल ७५२ एसमा ७५० सीसी डबल सिलिन्डर,लिक्वीड कुल्ड इन्जिन दिइएको छ ।

जसले ८५०० आरपीएमा ७६ हर्सपावर र ६५०० आरपीएममा ६७ एनएम टर्क जेनेरेट गर्छ । यसले प्रदान गर्ने पावर धेरै इन्ट्री लेवल कारभन्दा धेरै हो ।

 

६ स्पीडको गियरबक्स फ्रन्टमा अपसाइड डाउन फर्क र रियरमा एड्जष्टएबल मोनोशक सस्पेन्सन , फ्रन्टमा ३२० एमएमको डबल डिस्क र रियरमा २६० एमएमको फोर पिस्टन क्यालिपर ब्रेक बिशेषता रहेको छ ।

त्यस्तै १७ इन्च आल्मुनियम अलाय रिम, १७ इन्च टायर,१४ लिटर क्षमताको फ्युल ट्याङक, अटोमेटिक चेन्ज हुने टीएफटी डिस्प्ले, एलएडी हेडल्याम्प, एबीएस जस्ता फिचर दिइएको कम्पनीले जनाएको छ ।

नेपाली बजारमा यो मोटरसाइकलको मूल्य २५ लाख १५ हजार रुपैयाँ तोकिएको छ ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।