बरुण हाइड्रोपावरको बोनस डिम्याट खातामा

Apr 09, 2021 10:17 AM Merolagani



बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा पठाएको छ।

कम्पनीले पुस २६ गते सम्पन्न १७ औँ वार्षिक साधारण सभाले पारित गरेको ५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको खातामा जम्मा गरेको हो। कम्पनीले पुस १५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको खातामा सो शेयर पठाएको हो।

हालसम्म पनि भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई कम्पनीले शेयर अभौतिकीकरण गराई हितग्राही खाताको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ। कम्पनीको शेयर रजिष्ट्रार आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।