बरुण हाइड्रोपावरको बोनस डिम्याट खातामा

Apr 09, 2021 10:17 AM Merolagani



बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले बोनस शेयर शेयरधनीहरुको डिम्याट खातामा पठाएको छ।

कम्पनीले पुस २६ गते सम्पन्न १७ औँ वार्षिक साधारण सभाले पारित गरेको ५ प्रतिशत बोनस शेयर शेयरधनीहरुको खातामा जम्मा गरेको हो। कम्पनीले पुस १५ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीहरुको खातामा सो शेयर पठाएको हो।

हालसम्म पनि भौतिक शेयर धारण गरेका शेयरधनीहरुलाई कम्पनीले शेयर अभौतिकीकरण गराई हितग्राही खाताको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ। कम्पनीको शेयर रजिष्ट्रार आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।