सानिमा लाइफले आईपीओ निष्काशन प्रकृया अघि बढायो

Apr 12, 2021 10:15 AM Merolagani



सानिमा लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने प्रकृया अघि बढाएको छ।

कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्ने प्रकृया अघि बढाएको हो।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओलाई रेटिङ गराएको छ। केयर रेटिङ नेपालले कम्पनीको आईपीओलाई त्रीपल बी माइनस रेटिङ प्रदान गरेको छ।

उक्त रेटिङले कम्पनी वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको जनाउछ।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँका दरले ६० लाख कित्ता अर्थात ६० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।